२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

५ बजे माईतीघरमा ‘लुट्न सके लुट् कान्छा…’ सार्वजनिक रुपमा बजाईने

719 Shares
Spread the love

काठमाडौं । सरकारले पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीत प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत गाईने भएको छ । शुक्रबार युटुवमा राखिएको सो गीत नेकपाका कार्यकर्ता र सरकारी संयन्त्रको चर्काे दबाबपछि युटुबबाट हटाउन लगाईएको थियो। 

NoText स्वतन्त्र नागरिकको नामाट आयोजना गरिएको सो कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्धित सो गीत सार्वजनिक रुपमा बजाउन लागिएको हो । अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाउन लागिएको हो । 

शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्काे रुपमा विरोध गरिएको छ । सो गीतमा प्रयोगगरिएका केही शब्दहरुप्रति आपत्ति जनाउँदै सरकारी तवरबाटै यस्तो प्रतिबन्ध लगाउने काम गरिएकोप्रति सरकारको समेत चर्काे विरोध र अलोचना भईरहेको छ ।

प्रतिक्रिया