बलिउडमा कमै मात्रामा बिवाद र प्रेम सम्बन्धको खबरमा चर्चामा आउने नायिका हुन श्रद्धा कपुर । तथापी उनीप्रेम सम्बन्धको खबरहरुमा भने अछुतो रहन सकेकी छैनन। कुनै समय रकअन २ मा काम गर्दा फरहान अख्तरसंग उनको प्रेमको चर्चा खुबै भएको थियो तर उनीहरु दुबैले यसबारेमा कहिले पनि बोलेनन् । त्यसोत केही समय यता श्रद्धाको नाम बलिउडमा व्यस्त अनि चर्चित फोटोग्राफर रोहन श्रेष्ठसंग पनि जोडिएर आएको छ । भारतीय मिडियाका अनुसार श्रद्धा र नेपाली युवकसमेत रहेका रोहनसंग प्रेम सम्बन्धमा रहेकीछिन् ।
हुन त रोहन श्रद्धाको बाल्यकालदेखिको साथी हुन त्यसैले पनि यी दुईको नाम प्रेमी जोडीको रुपमा आउने गर्छ । हालै श्रृद्धाले रोहनलाई फरहानसंग काम गर्न रोकेको खबर भारतीय मिडियाले छापेको छ । रोहन र फरहानसंग एउटा प्रोजेक्ट गर्दे थिए तर अन्तिममा आएर रोहनले फरहानसंग काम गर्न अस्वीकार गरेका छन् ।

यसको पछाडी श्रद्धाको नै हात रहेको मिडियाको दाबी छ । भारतीय मिडिया भन्छ पूर्वप्रेमीसंग रोहनले काम गरुन भन्ने श्रद्धा चाहदिनन् । रोहनका बुवा राकेश नेपाली हुन भने उनकी आमा गोवाको बासिन्दा । राकेश पनि बलिउडका चर्चित फोटोग्राफर हुन पछि रोहनले पनि आफनै बुवाको व्यवसायलाई निरन्तरता दिएका हुन् । लामो समयदेखि उनीहरु मुम्बईमा नै बस्दै आईरहेका छन् ।