आज प्रेम दिवस प्रेमिल जोडीहरुले माया साटासाट गरि मनाउँदैछन् । यस्तै दिनहरुलाई लक्ष्ति गर्दे विभिन्न गीतहरु पनि सार्वजनिक हुने गरेका छन् । यसैबीच प्रेम दिवसलाई लक्ष्ति गर्दे ‘भुर्र भुर्र’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रचण्डकी नातीनी स्मीता दाहाल र सानिध्य खनालको आवाज रहेको छ ।
गीतमा आइजीपी शैलेन्द्र खनालको शब्द ,गोविद बज्रको एरेन्ज र गैरे सुरेशको संगीत रहेको छ । शरद २ नामक एल्बममा समाबेश रहेको उक्त गीतमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ । प्रेमभावले भरिएको गीतको भिडियोलाई भने युवराज वाइबाले निर्देशन गरेका छन् ।