२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

मलेसियाबाट धुर्मुस सुन्तलीले जुटाए ३५ लाख

1946 Shares
Spread the love

काठमाडौं । चितवनको भरतपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन मलेसिया पुगेका हाँस्य कलाकरद्धय  सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरले  मलेसियामा आफुहरुलाई ३५ लाख सहयोग प्राप्त भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै धुर्मुसले लेखेका छन् , ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मलेसियाबाट जुट्यो ३५ लाख ७१ हजार सहयोग सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।

कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु। १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ ।
मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं ।

त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं ।

स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ “

रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली साँझको आयोजना गर्दै उनीहरु मलेसिया पुगेका हुन्। झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस(सुन्तलीले व्यक्त गरेका थिए।

‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ नाम दिइएको सो कार्यक्रममा धुर्मस(सुन्तलीसँगै चर्चित लोकगायक बद्री पंगेनी, चर्चित गायिका मेलिना राई, चर्चित लोकगायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्गको सहभागिता थियो।

सिटी एक्सप्रेसले रंगशाला निर्माणाको सहयोगका लागि मलेसियाका तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’को आयोजना गरेको हो। क्वालालम्पुर र पेनाङपश्चात अन्तिम कार्यक्रम जोहरबारुमा  भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया