२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नेपालीले तयार पारेको पहिरनमा चिटिक्क आलिया

1636 Shares
Spread the love

देश होस या बिदेश कुनै न कुनै रुपले नेपालीहरुले चर्चा र सफलता पाएकै छन् । हलिउड र बलिउडमा पनि बिस्तारै नेपालीहरुको पहुँच बढिरहेको छ । यस्ता केही नेपाली हस्तीहरु छन् जसले हलिउड र बलिउडमा पनि राम्रो स्थान बनाएका छन् । तीमध्ये पर्ने नाम हो प्रबल गुरुङ । फेसन डिजाईनरको रुपमा हलिउड र बलिउड दुबैमा चर्चामा रहेका प्रबलले तयार पारेका पहिरनहरु अमेरिकी प्रथम महिला मिसेल ओबामा संगै चर्चित भन्दा चर्चित हस्तीहरुले लगाएका छन् । उनले तयार पारेका पहिरनहरु लगाउन हलिउड र हलिउडका कलाकारहरुसमेत मरिहत्ते गर्छन् ।

चर्चित भन्दा चर्चित कलाकारहरु उनले तयार पारेको आर्कषण र युनिक पहिरनमा ठुला ठुला इभेन्टहरुमा जाने गर्छन् । यसैबीच यति प्रबलले तयार पारेको एक पहिरनको कारण आलिया निकै क्लिक भएकीछिन् । हाल गली ब्योई फिल्मको प्रचारप्रसारमा रहेकी आलिया पिःल्मको प्रिमियर शोका लागि जर्मनीमा रहेकीछिन् । सोमबार बर्लिन फिल्म फेस्टिभलमा फिल्म प्रिमियर पनि गरिएको छ । जहाँ आलियाले लगाएको पहिरनको खुबै चर्चा भयो । उनलाई फिल्मबाट त प्रशंसा त मिल्यो नै त्यो भन्दा बढि उनले लगाएको पहिरनको चर्चा भयो ।

प्रबलले तयार पारेको नियोन सिल्क गाउनमा आलिया निकै खुलेकी थिईन् । उनको सुन्दरताको पनि त्यहाँ निकै चर्चा भयो । त्यसोत प्रबलको हलिउड र बलिउडहस्तीहरुमा अधिकांश उनका मिल्ने साथी छन् । जसमा आलिया पनि पर्छिन् । हुन त आलियाले प्रबलको पहिरन पहिलो पटक भने लगाएकी होईनन् यसअघि पनि उनले प्रबलले तयार पारेको आर्कषक पहिरनहरु लगाईसकेकीछिन् ।

 

 

प्रतिक्रिया