२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

मोडलिङ क्षेत्रमा प्रवेश गरे – उज्ज्वल के.सी.

2003 Shares
Spread the love

आशिष तामाङ

काठमाडौं– सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल तथा कोरीयोग्राफर उज्जवल के.सी. भविष्यमा एक कुशल/चर्चित मोडल तथा कोरीयोग्राफर बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन । अहिले त्यसै अनुरुप मेहनत गर्दै म्युजिक भिडियो मोडलिङ तथा इभेन्ट कोरियोग्राफीमा व्यस्त छन ।

नेपालमा मोडलिङ क्षेत्र एउटा उत्कृष्ट कलाकारले राम्रो अवसर पाउने माध्यम हो, जुन आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन् । त्यसैक्रममा उनले १८ बर्षको कलिलो उमेरमा नै मोडलिङ पेशालाई अंगाल्दै त्यही पेशालाई व्यवसाय बनाउदै अघिबढि रहेका छन ।

‘पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ । धेरै सफल पनि भैरहेका छन भने कोहि क्षणीक अबधि पछि यो क्षेत्र बाट हराईरहेका छन् । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने यो राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई आफ्नो रुचि र इच्छाको रुपमा लिएको उज्जवल बताउछन ।

मोडल सङ्ग्स नेपालले आयोजना गरेको सौन्दर्य प्रतियोगिता नेक्स्ट सुपर टप मोडल नेपाल, २०१७ को फर्स्ट रनरअपको उपाधी समेत जितिसकेका उज्जवल मोडलिङ क्षेत्रमा नै रहेर आफ्नो भविष्य निर्माण गर्ने सोच रहेको बताउछन ।

मोडलिङ/कोरियोग्राफी क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ उज्जवलले पछिल्लो समयमा मोडलिङ कोरीयोग्रफीमा प्रवेश गरेका हुन ।

काठमाडौंको सितापाईला जन्मथलो रहेका उज्जवल भबिष्यमा यसै क्षेत्रमा आफ्नो आफ्नो करियर बनाउने सोचका साथ् अघि बढिरहेका छन् भने विभिन्न सौन्दर्य प्रतियोगिता तथा फेशन शो मा राजधानीभित्र र बाहिर कोरियोग्राफी गर्दै आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका छन ।

कोरीयोग्राफी/अभिनयमा पोख्त उज्जवल सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार उज्जवल प्रतिको आकर्षण हो । विभिन्न फेशन शो तथा र्याम्पमाआफ्नो प्रतिभा प्रस्तुत गरिसकेका मोडल कोरीयोग्राफर उज्जवलको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो ।

मोडल कोरीयोग्राफर उज्जवल के.सी.अभिनित गायक यशराज को “त्यो रातको क्षण” गितको म्युजिक भिडियो चाडै नै नेपाली सांगीतिक बजारमा प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया