3083
Shares
काठमाडौं । फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारीमा रहेका प्रेम जोडी अभिनेत्री बर्षा राउत र संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् । सोमबार काठमाडौंको रोयल सिङ्गी होटलमा उनीहरुले इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा दुवै परिवारका सदस्यहरु मात्रै उपस्थित थिए ।
पछिल्लो समय निकै व्यस्त नायिका बर्षा र संजोगले आफ्नो अफिसियल फेसबुकमार्फत इंगेजमेन्टको जानकारी दिएका हुन् । फागुन २ गते विवाहको तयारीमा रहेका उनीहरु अहिले विवाहको तयारीमा निकै व्यस्त छन् । तर विवाह कहाँ गर्ने भन्ने स्थान भने सार्वजनिक गरिसकेका छैनन् । हेर्नुहोस् फोटोहरु –



