२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नागरिकतामा पनि यस्तो सेटिङ ! सक्कलीमा लामा प्रतिलिपीमा “औतारी गुरु ” कसरी ?

2343 Shares
no text
Spread the love

काठमाडौं – विगत केही देखि बौद्ध स्तुपामा भई रहेको प्रदर्शन र विरोधको मुल जड ‘रेम्बोचे’ पदको दुरुपयोगमा भईरहेका छन् ।

no text

चिनिया लामा (ब्रज लामा) रेम्बोचे बन्न अयोग्य र रेम्बोचे बन्न पाउने माददण्ड पुरा नगरेको भन्ने आरोप बौद्ध विकास समिति,तामाङ समुदायका विद्धान एंव्म गुरुहरुले लगाईरहेका बेला ब्रज लामालाई तात्कालिन सिडियो कार्यलयलेनै ‘औतारी’ गुरु बनाएको देखिएको छ ।

notext

चिनिया लामा (ब्रज लामा) को २०२६ चैत्र २६ मा जन्म भई २०४५ साउन २० गते नागरिकता ग्रहण गरेको देखिन्छ । २०५४ अशोज ३० मा लामाले प्रथम प्रतिलिपि निकाले जसमा भुपति ब्रज लामा नै रहेको छ भने २०६९ असार ७ मा तात्कालीन प्रशासकिय अधिकृत युवराज मैनालीको हस्ताक्षरमा दिईएको प्रतिलिपिमा भुपती ब्रज लामा ‘अवतारी गुरु’ भनेर थपिएर आएको देखिन्छ ।

notext

कानुनत: नागरिकता जारी गर्दाका बखत उसले बुझाएका सिफारिस पत्र ,शैक्षिक प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिन्छ भने प्रतिलिपिको हकमा समेत जारी गर्दाका बखत जे नाममा छ त्यसमै प्रतिलिपि दिनु पर्ने प्रावधान छ तर भुपति ब्रज लामाको हकमा भने प्रतिलिपिमै ‘अवतारी गुरु’ भनेर लेखिएको पाईएको छ।

notext

तामाङ विद्धानहरुका अनुसार ‘रेम्बोचे’ हुन,टुल्कु अवतार आएपछि राम्रो काम गदै गएपछि, ध्यान गर्ने र अध्ययन स्वरुप सिरिम, ढिम्रुक, थुरिम, आचार्यको १७ बर्षे कोर्ष गरिसकेपछि न्युन्तम ३ बर्ष वा सो भन्दा वढि समय त्रिपिटक एवं तन्त्रका कुराहरुलाई भन्न सक्ने धरै कुराहरु भन्न सक्ने, विनयका कुराहरु भन्न सक्ने संविधानका कुरा भन्न सक्ने, भगवान गौतम बुद्धको टिचिङ लाई भन्न सक्ने, पढ्न सक्ने र तर्क गर्न सक्ने भएपछि मात्र एकेडेमिक संस्थाले आफ्नो प्रकृया पुर्याएर सर्टिफिकेट प्रदान गर्ने प्रकृयाहरु भएको बताउछन् । तर बज्र लामाले यी सम्पूर्ण प्रावधान र प्रकृया पुरा नगरी खेम्बो पास नगरी आफै रेम्बोचे भएको घोषणा गदै हिडेको देखिन्छ ।

notext

उनको बायोटामा उल्लेख भएअनुसार उनले Graduated From British school Studied Science and Chinese Medicine in China मा अध्यन गरेको देखिन्छ ।

ब्रज लामाले आफ्नो पुरानै पुस्ता देखीनै रेम्बोचे पद धारणा गर्दै आएको दाबी गरेता पनि उनका अधिल्ला पुस्ताहरुमा कुनै पनी पुस्ताहरुको नत नागरितामा अवतारी भनेर सम्बोधन गरिएको छ नत कुनै डकुमेन्टमै । तर ब्रज लामाले आफ्नो बायोडाटामा आफुलाई मात्र रेम्बोचे बनाएनन , उनका बाबुलाई समेत अवतारी गुरु चिनिया लामा गणेश ब्रज भनेर बायोडाटामा सँबोधन गरे तर उनका बाबुको नागरितामा भने अवतारी गुरु समाबेश भएको देखिदैन् ।

notext

ब्रज लामाले आफुलाई स्वघोषित रेम्बोचे बनाएको देखिन्छ । यती मात्र होईन कानुन निति नियमलाई उल्लघंन एव्म चुनौती दिदै नागरितामा नै ‘अवतारी गुरु’ थप्नुले सिंगो राज्य व्यवस्थालाई नै चुनौती दिएको देखिन्छ । नागरिकता जस्तो संवेदनशिल बिषयबस्तुलाई दुरुपयोग गरी आफुलाई आफुले नाम थप्दै जाने प्रवृतीले देशको निति नियम कता जाला भन्ने प्रश्न पेचिलो बनेर उभिएको छ ।

notext

भर्खरै प्रस्तावित संशोधित नागरिता विधेयक संसदमा दर्ज हुदै गर्दा यस्ता बिषय बस्तुमा तात्कालिन प्रशासनले के का आधारमा अवतारी गुरु थप्यो ? कानुनमै नभएका बिषय बस्तुलाई पहुँच र पावरका आधारमा यसरी थप्पै जान पाईने प्रावधान बनेकै हो त वा के ? भन्ने प्रश्नले ठाँउ पाईरहेका छन् । नागरिता प्रदान गर्दा सम्पूर्ण नागरिकलाई एउटै कानुन नियम लाग्नु पर्ने होईन र ? भोली अन्य व्याक्तीले मलाई राष्ट्रपती ,प्रधानमन्त्री,श्रिपाँच थप्दै भन्दै आएको खण्डमा उनिहरुलाई पनि प्रतिलिपिमा ….श्रिपाँच,प्रधानमन्त्री भनेर थपेर नागरिता प्रतिलिपि दिईन्छ वा दिईदैन ?

notext

कुनै प्रलोभन र पावरका भरमा कुनै निकायले सिफारिस दिन्छ भने जिल्ला प्रशासनले त्यस्ता व्यक्ती र सिफारिस उपर अध्धयन अनुसन्धान गर्छ वा लहडकै आधारमा प्रतिलिपि दिईन्छ ? यस्ता संवेदनशिल बिषयमा सम्बन्धित निकाय जानकार नभएको हो वा आँखा चिम्लीएर बसेको हो ? प्रश्न तेस्रिएर बसेको छ ।

ल हेर्नुहोस :

पहिलो प्रतिलिपिमा अवतारी उल्लेख छैन, दोस्रोमा अवतारी भएर आएको छ

साथै उनका पुस्तामा अवतारी भनेर उल्लेख गरिएको छैन

पहिलो प्रतिलिपिमा
पहिलो प्रतिलिपिमा
no text
दोस्रोमा अवतारी

प्रतिक्रिया