२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

लण्डनको ह्यारो सफारी सिनेमा घरमा सम्पूर्ण कलाकार सहित प्रिमियर हुदै चलचित्र एटिन फेबु्रअरी

2356 Shares
Spread the love

लन्डन । बेलायतमा निर्माण गरिएको चलचित्र एटिनको ट्रेलर सार्वजनिक भएको छ । यसै साता लण्डनमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर र पोस्टर एक साथ रिजिल गरिएको हो ।

notext

प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन् । लामाले यस अघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् । चलचित्रको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ ।

यो चलचित्रले नेपालबाट बेलायत पुगेर सेटल भएको पहिलो पुस्ता र बेलायतमै जन्मिएर हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोबिज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देशलाई उठान गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।

तारा देवी लामा र पेमा डोल्करको सयुक्त लगानीमा निर्माण भएको चलचित्र ‘एटिन’ मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राईु,  सनम कुमार बैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय गरेका छन् । चलचित्रमा चन्द्र कुमार दोङ र तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।

चलचित्र फेबु्रअरी २४ मा ह्यारो स्थित सफारी सिनेमा घरमा सम्पूर्ण कलाकार सहित प्रिमियर गरिने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया