2080
Shares
लन्डन । लोकप्रिय गायिका अन्जु पन्त तथा गायक अनिश पाण्डेको “सुस्तरी” को म्यूजिक भिडियोको टिजर सार्वजनिक भएको छ । भानु भट्टराईको उत्कृष्ट शब्द तथा संगितमा रहेको सो गितको म्यूजिक भिडियोको छायांकन सुमन श्रेष्ठले बेलायतका विभिन्न ठाउँहरुमा गरेका हुन् ।
उक्त गीतमा लिओ टंक र अब्बी रानाले अभिनय गरेका छन् भने डाइरेक्सन डा कपिल रिजालले गरेका हुन् । उक्त म्यूजिक भिडियो भेलेन्टाईन डे अर्थात् फेब्रुअरी १४ तारिक सार्वजनिक गर्ने जानकारी टिजर मार्फत जानकारी गराएको छ ।