२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

शाहरुखले अहिलेसम हेरेका छैनन् आफ्नै सुपरहिट फिल्म, निकै रोचक छ नहेर्नुको कारण

1770 Shares
Spread the love

एजेन्सी। बलिवुड सुपरस्टार शाहरुख खानले अहिलेसम्म पनि आफ्नो डेब्यू फिल्म नहेरेको बताएका छन्। उनको पहिलो फिल्म ‘दीवाना’ करीब २७ वर्ष पहिला आएको थियो। जुन आफ्नो जमानाको ब्लकबस्टर फिल्म रहेको थियो।

notext

एक अन्तर्वार्तामा शाहरुखले यसको कारण पनि बताएका छन्। उनले फिल्म शुटिंग गर्दा आफूलाई मजा नलागेमा त्यो फिल्म नहेर्ने गरेको बताए। उनले आफूले फिल्मको लागि हरेक किसिमले मेहनत गर्ने र फिल्म बनाउँदा हरेक प्रोसेसको मजा लिन चाहने बताए। यदि त्यसो नभएमा त्यो फिल्म नहेर्ने गरेको बताए। यही कारणले ‘दीवाना’ पनि नहेरेको उनले बताए।

पछिल्लो उनको फिल्म ‘जीरो’ बक्स अफिसमा असफल भएको थियो। तर पनि उनको स्टारडममा कुनै कमी आएको छैन। अहिले पनि उनीसँग धेरै फिल्मको स्क्रिप्ट  रहेको बताइएको छ।

प्रतिक्रिया