२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

2222 Shares
Spread the love

काठमाडौं- चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

उनले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको बताएकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफुलाई प्राप्त भएको उनले बताएकी छन्।

आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा भनेकी छन्। उनले आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने समेत बताएकी छन्।

प्रतिक्रिया