२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आज तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाइँदै

1032 Shares
Spread the love

आशिष तामाङ,

काठमाडौं – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको विद्धान खेप्पो सोनाम ध्र्युमेले जानकारी दिएका छन् ।

सोनाम ल्होछार सबै भन्दा पुरानो पर्व भएको भन्दै ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको विद्धान खेप्पो सोनाम ध्र्युमेले बताए।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको विद्धान ध्र्युमेको भनाई छ । उनका अनुसार यसपालीको सुगुर वर्ग ६० बर्ष पछि मात्र आएकोले यसको झनै बिशेषता रहेको उल्ल्ेख गरे । सुगर वर्गलाई दायीत्वमा सर्मपित हुने ,प्रकृती तथा भुमी प्रेमी पर्वका रुपमा समेत लिने गरेको उनको तर्क छ ।

यसै अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया