२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली ठिटो सुजन बने ‘डान्स प्लस सिजन ४’ को उपविजेता

944 Shares
Spread the love

आफनो अद्भुत डान्सबाट भारतीय लगायत सबै दर्शकहरुलाई नचाउँन सफल भएका नेपाली ठिटो सुजन मार्फा तामाङ सुजन मार्फा तामाङले चर्चित रियालिटी शो डान्स प्लस ४ मा उपविजेता बनेका छन् । शोमा सिंगल नभएपनि भारतकै अर्की डान्सर आंचल शर्मासंग पियरमा डान्स प्रस्तुत गरेका सुजनले फस्ट रनरअपको उपाधी जितेका हुन् । कार्यक्रममा सुरुवातदेखि नै खतरनाक प्रस्तुती दिँदै आएका उनलाई शोबाट गुमाउँन नचाहेपछि रेमो डिसुजाले उनलाई आँचलसंग जोडी बाँधिदिएका थिए । जे होस उपविजेता नै सही सुजनले भारतीय च्यानलमा नेपाल र नेपालीहरुको नाम राखेका छन् ।

नेपालमा भएको अडिसनबाट सेलेक्ट भएर पुगेका सुजनले यसअघि डान्स इण्डिया डान्स डान्स ६ मा सेमिफाईनल सम्म पुगेका थिए । त्यसपछि नेपाल फर्किएर पनि उनले केही म्युजिक भिडियोमा समेत काम गरे । एक बर्षपछि उनी डान्स प्लसमा गएका हुन् । पुनितको टिममा परेका सुजनले हरेक एपिसोडमा उत्कृष्ट प्रर्दशन गर्दे आईरहेका थिए । पछिल्लो समय भारतीय च्यानलहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढिरहेको देखिन्छ भने उनीहरुले नेम र फेम दुबै कमाई पनि रहेका छन् ।

notexxt

यसअघि भारतीय रियालिटी शोमा साजन राई , तेरिया फौजा मगर ,‘द वाइल्ड रिपर्ज क्रु , सुशान्त खत्री ले डान्समा नै चर्चा कमाईसकेका छन् भने केही समय अगाडी मात्र सारेगमपमा मेनुका पौडेलले पनि टप ११ सम्म पुगेर नेपालको नाम चम्काईसकेकीछिन् भने यतिबेला सारेगमपा जुनियरमा नेपालबाट प्रितम आचार्य र आयुष केसी छनौट भईसकेका छन् ।

 

notext

प्रतिक्रिया