२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यूएईमा नेपाली झण्डा फहराउने नायक

1764 Shares
Spread the love

काठमाडौं । सात समुन्द्र पारीको मुलुक सँयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो हप्ता नेपाली दुई वटा तीनकुने चन्द्र–सूर्य अंकित झण्डा लगातार फहराइरहेका छ ।

यो झण्डा फहराउने माध्यम दुई वटा शृंखला त्यो पनि तीन–तीन खेलकै हुन् । यतिमात्र होइन, नेपालीको सान बढाउने गरी भएका प्रदर्शनका हरेक खेलमा तीन नेपाली खेलाडीको नाकत्व रह्यो ।

यूएईलाई उसको घरमा पराजित गर्दै पहिलो एकदिवसीय क्रिकेट शृंखला जित्दा, कप्तान पारस खड्का, बलर सोमपाल कामी र यूवा ब्याट्सम्यान नायक बने । टी ट्वान्टी शृंखलाको दोस्रो खेलमा यूएईलाई ४ विकेटले हराउँदा पनि तीनजना नायक बने ।

बिहीबार पहिलो खेल गुमाएकाले नेपालेले शृंखलामा आफ्नो दाबी कायम राख्न शुक्रबारको खेल जित्नैपर्ने दबाब थियो। नेपाली टीम एकदिवसीय शृंखला जितको उत्साहमा बिहीबार मैदानमा प्रवेश गरेको थियो, फर्किँदा २१ रनको नमिठो हारले निराशमात्र भएन, दबाब पनि बोक्यो । त्यसैले पनि शुक्रबारको खेल नेपालका लागि ‘गर वा मर’ को बन्यो ।

दबाबमा खेल्नुपर्ने दोस्रो खेलमा नेपालको जितका लागि यूएईका कप्ता मोहम्मद नाभिदको निर्णय पनि एक कारक बन्यो । टस जितेर नाभिदले पहिला ब्याटिंग गर्ने निर्णय लिँदा नेपालले आफ्नो योजनाअनुसारै खेल्ने अवसर पायो ।

no caption

किनकी नेपालले टस जिते पनि पहिला बलिंग नै गर्ने निर्णय लिने सम्भावना थियो। त्यो किनपनि भने, नेपालको बलियो पक्ष भनेकै बलिंग हो। त्यसैले आफ्नो बलियो पक्षमै खेल्न सबैले मन पराउँछन् ।

दोस्रो खेलका नायक ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी बने । तर, उनी एकल नायक भने होइनन् । नेपालको जितको पटकथा त सोमपाल कामीले नै लेखेका हुन् र नेपाललाई जित दिलाउँदा उनै सोमपाल दिपेन्द्रसँगै मैदानमा अभिजित रहे ।

टस हारेपछि पहिला बलिंग गरेको नेपालका लागि उनले राम्रो प्रदर्शन गरे । नेपाली टीमका लागि लामो समयदेखि आपनिंग बलिंग गर्दै आएका सोमपालले शुक्रबार पहिलो ओभरको अन्तिम बलमा यूएईका ओपनर अस्फाक अहमदलाई आउट गरे। आफ्नो दोस्रो ओभरमा उनले गुल्हाम शब्बिरलाई आउट बनाउँदा यूएईको स्कोर २ ओभर ३ बलमा ११ रनमात्र थियो ।

शुरुमै दबाब बनाएपछि यूएईले सम्हालिने अवसर नै पाएन । यूएई १९ ओभर ३ बलमा अलआउट हुँदा टीमको स्कोर १०७ मात्र थियो। यूएईलाई सस्तैमा खुम्च्याउन सोमपालले नेतृत्व गरे भने अभिनाष बोहोरा र सन्दीप लामिछानेले राम्रो साथ दिए । त्यसैले यो खेलका एक नायक सोमपाल कामी हुन् ।

खेलका अर्का नायक हुन शुक्रबार म्यान अफ दी म्याच घोषित दिपेन्द्र सिंह ऐरी । वर्तमान नेपाली टीममा ऐरीलाई सबैभन्दा प्रतिभाशाली खेलाडीका रुपमा लिइन्छ । आफ्नै बलबुतामा टीमलाई जित दिलाउन सक्षम मानिने दिपेन्द्रको यूएई भ्रमण भने यो खेलबाहेकमा सम्झन लायक रहेन । तर, उनले शुक्रबार जादूमयी प्रदर्शन गरे ।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १० ओभरमा ५ विकेट गुमाउँदा नेपालले जित्ने आशा दिपेन्द्रमाथि मात्र टिकेको थियो । उनले धैर्यपूर्ण खेल देखाउँदा नेपाल जित्न सफल भयो ।

खेलको अन्तिम ओभरको दोस्रो र तेस्रो बललाई सीमा रेखला कटाउँदै दिपेन्द्रले जित दिलाउँदै नेपाललाई इतिहास रच्ने ढोकासम्म पुर्याई दिए । पवन शर्राफसँग मिलेर दिपेन्द्रले ५५ रनको साझेदारी गरेपछि नेपाल जिततर्फ अग्रसर भएको हो।

यद्यपी टीमलाई ६ बलमा ७ रन चाहिएको अवस्थामा शर्राफ २० औं ओभरको पहिलो बलमा आउट भए । तर, शर्फारले दिपेन्द्रसँग विनिंग साझेदारी नगरेको भए नेपालको जित सम्भव थिएन । २५ बलमा १८ रन बनाएका शरार्फ शुक्रबारको खेलका तेस्रो नायक हुन् ।

यद्यपी अभिनाष बोहोरा, सन्दीप लामिछाने र करण केसीले पनि शुक्रबारको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

अब शृंखला १–१ को अवस्थामा छ । आइतबार दुबईस्थित आईसीसी ग्लोबल एकेडेमीको मैदानमा तेस्रो खेल हुँदैछ । आइतबार नेपालले खेल जित्ने सके पहिलो टी ट्वान्टी शृंखला जित्ने इतिहास बनाउनेछ । यूएईमा फरहराइरहेको नेपाली झण्डा विश्वभर चिनिनेछ ।

प्रतिक्रिया