२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गीत गाउँदा गाउँदै स्टेजमै धरधर्ती रोईन नेहा (भिडियो सहित)

1350 Shares
Spread the love

प्रेमले सबैलाई खुसीमात्र होईन आँसु पनि दिन्छ । यो त अधिकांशले भोगेको पीडा हो चाहे त्यो आम मानिस होस यात फेरी सेलिब्रेटी नै किन नहोस । यस्तै पीडा भोगिरहेकीछिन् बलिउड फिल्महरुमा एक पछि अर्काे गर्दे सुपरहिट गीत दिएकी चर्चित गायिका नेहा कक्कड । उनी लामो समय नायक हिमांश कोहलीसंग प्रेम सम्बन्धमा थिईन् । उनीहरुको प्रेम देखेर लोभिनेहरु पनि थिए तर नेहा र हिमांशको प्रेम अडिग भने रहन सकेन ।

ब्रेकअपछि हिमांशको पीडा कही कतै देखिँदैन उनी बेवाक हिडिरहेका छन् । तर नेहा भने ब्रेकअपको पीडाबाट माथि उठ्न सकिरहेकी छैनन। चर्चित रियालिटी शोमा पनि उनी ब्रेकअपको पीडा भएको गीत सुन्दा सुन्दै रोएकी थिईन् भने हालै भारतमा भएको एक कन्र्सटमा उनी गीत गाउँदा गाउँदै धरधर्ती रोएकीछिन् । उनैले गाएको गीत माही वे गीत गाउँदा गाउँदै उनी रोएकी हुन् ।

जुन गीतमा भगवान भन्दा बढि माया गरेको मान्छे नपाएको पीडा पोखिएको छ । सम्भवत सोही कारण पनि नेहा रोएकी हुन सक्छ । भिडियो यतिबेला निकै भाईरल भईरहेको छ । जुन भिडियोमा उनी रुँदा दर्शकहरुले उनलाई हौसाईरहेका थिए । गीत गाउँदा गाउँदै उनले आँसु रोक्नै सकिनन् । प्रेमको पीडा के धनी के गरिब , के आम मानिस के सेलिब्रेटी सबैको पीडा एउटै हुन्छ । हिमांशसंगको ब्रेकअपपछि नेहा डिप्रेशनमा नै गएकी थिईन् ।हिमांशसंगको ब्रेकअपपछि नेहा डिप्रेशनमा नै गएकी थिईन् ।

प्रतिक्रिया