२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

२४ दिनमा डा. केसीको अनसन स्थगित

693 Shares
Spread the love

काठमाडौं : इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ ।

डा. केसीले अनसनको २४ औं दिनमा त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले जुस खुवाएका हुन् ।

केसीलाई नागरिक समाजका अगुवा र शुभेच्छुकले धेरै दबाब दिएपछि केसी अनसन तोड्ने निर्णयमा पुगेका हुन् ।

अनशन स्थगीत गर्न डा. केसीलाई  पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वसभामुख दमनाथ ढुंगाना, पा.केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले आग्रह गरेका थिए ।

प्रतिक्रिया