२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विश्वमै सुन्दर महिला भएको देशको सूचिमा नेपाल ११ औँ स्थानमा ,अन्य यस्तो

2487 Shares
Spread the love

विश्व सुन्दरी होस वा ब्रह्माण्ड सुन्दरी अहिलेसम्म नेपालले यो उपाधी कब्जा गर्न सकेको छैन । तथापी यस पटक भने विश्व सुन्दरी र ब्रह्श्माण्ड सुन्दरी दुबैमा मिस नेपालहरु श्रृङखला खतिवडा र मनिता देवकोटाले राम्रो चर्चा कमाए । अझ भनौ विश्व सुन्दरी प्रतियोगितामा श्रृङखलाले पाएको जस्तो लोकप्रियता कमैले पाए । उनलाई यस पटक विश्वभरका सुन्दरी प्रेडिक्टरहरुको नजरमाहरुको नजरमा परेपछि थप उनको चर्चा चुलिएको थियो । श्रृङखला र मनिताको कारण नेपाली युवतीहरु पनि सुन्दरीसाथै बौद्धिक पनि हुन्छन् भनेर देखाए ।

यसैबीच नेपालले विश्वकै सुन्दरी महिलाहरुको सूचिमा ११ औँ स्थान पाउँन सफल भएको छ । Missosology.com ले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालले पहिलो पटक स्थान पाएको हो ।  Missosology.com ले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्दे कुन देशका सुन्दरीहरुले कस्तो प्रभाव पा¥यो भन्ने बारेमा अनुसन्धान ग¥यो र सोही आधारमा पोइन्ट पनि दिए ।

१- भेनेजुएला

जसमा सबैभन्दा धेरै प्वोईन्ट भेनेजुएलाले पाएको छ । उसले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि पा¥यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् । भेनेजुएलाले ६४७ प्वोईन्ट पाएको थियो भने फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि पायो ।

२-फिलिपिन्स

नेपाललाई उसले २९० प्वोईन्ट दिएको छ । सोही कारण नेपाल ११ औँ नम्बरमा आएको हो । सूचिको २० औँ स्थान नेदरल्याण्डले कब्जा गरेको छ । नेपाललाई मिस अर्थमा ५० प्वोईन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा १२० र मिस युनिभर्समा १०० प्वोईन्ट दिईएको छ ।

३-मेक्सिको

४-साउथ अफ्रिका

५- भियतनाम

६- थाइल्याण्ड

७-प्युर्टो रिको

८-इन्डोनेशिया

९- कोलोम्बिया

१०-अमेरिका

११- नेपाल

१२-रोमानिया

१३-जापान

१४-पोल्याण्ड

१५ -ब्राजिल

१६-अष्ट्रेलिया

१७-जमाइका

१८-बेलारुस

१९-अष्ट्रिया

२०-नेदरल्याण्ड

प्रतिक्रिया