२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ब्वाइफ्रेण्डलाई भेट्न विदेश गएकी थिइन् यी बेलायती महिला, एयरपोर्टमा ओर्लनासाथ भयो हंगामा

895 Shares
Spread the love

लण्डन। इजिप्टमा गैरकानुनी रुपमा प्रतिबन्धित औषधी लिएर गएको अभियोगमा पक्राउ परेकी एक बेलायती महिलाले स्वदेश फर्किएपछि आफूसँग भएको धोकाको कहानी सुनाएकी छिन् । गिरफ्तारीपछि त्यहाँको अदालतले उनलाई तस्करीको अपराधमा ३ वर्षको जेल सजाय सुनाएको थियो । उीमाथि गैरकानुी रुपमा पेनकिलर औषधी तस्करी गरेको आरोप लागेको थियो । यद्यपि एक तिहाइ सजाय काटेपछि उनलाई रिहा गरियो । महिलाका अनुसार उनी आफ्ना इजिप्टका नागरिक ब्वाइफ्रेण्डका लागि ती औषधी लिएर गएकी थिइन् ।

इङल्याण्डको हल शहरमा बस्ते लरा प्लमर नामकी ३४ वर्षीया महिलाको उमर काबु नामका इजिप्टका युवकसँग प्रेम थियो । लरा अक्टोबर २०१७ मा आफ्ना ब्वाइफ्रेण्डलाई भेट्न दुई हप्ताको विदामा इजिप्ट गएकी थिइन् । यही क्रममा उनलाई त्यहाँको हरगडा विमानस्थलबाट पक्राउ गरियो । विमानस्थलका सुरक्षाकर्मीले उनको सुटकेसमा यस्ता औषधीहरु बरामद गरे जुन औषधीहरुमाथि इजिप्टमा प्रतिबन्ध लगाइएको थियो । यी औषधी ठूलो परिमाणमा समेत थिए । उनले २९० चक्की औषधी लिएर इजिप्ट पुगेकी थिइन् ।

महिलाले सुरक्षा अधिकारीलाई बताइन् कि यी औषधीमाथि बेलायतमा कुनै प्रतिबन्ध छैन । उनी ती औषधीहरु आफ्ना ब्वाइफ्रेण्डले भनेपछि लिएर गएकी थिइन् । उनका ब्वाइफ्रेण्ड पिठ्युँको पीडाबाट ग्रस्त थिए । यति भन्दा पनि उनर्ला गिरफ्तार गरियो । डिसेम्बर २०१७ मा अदालतले उनलाई ३ वर्षको जेल सजाय सुनायो । हालै एक तिहाइ सजाय पूरा गरेपछि उनलाई रिहा गरियो । अब आफ्नो देश फर्किएपछि उनले त्यहाँ बिताएको १५ महिनाको बारेमा बताएकी हुन् । उनले त्यहाँको तुलना नर्कसँग गरेकी छिन् ।

लरा भन्छिन् ‘म शब्दमा बताउन सक्दिन कि स्वदेश फर्किएर मलाई कस्तो लागिरहेको छ । त्यतिबेला मलाई लागेको थियो कि यो नराम्रो सपना कहिल्यै सकिने छैन । दुई हप्ताको मेरो विदा त्यहाँ पुगेर १५ महिनाको नर्कयात्रामा बदलिएको थियो ।’ लराका अनुसार उनलाई त्यहाँ अल क्नातर जेलमा राखिएको थियो । उनको परिवारका अनुसार उी ती युवकको प्रेममा पागल थिइन् र उनलाई त्यतिबेला थाहा थिए कि उनी जे गर्दैछिन् त्यो काम गैरकानुनी हो ।

प्रतिक्रिया