२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बौद्ध बचाऔं संघर्ष समितिले थाल्यो चिनियाँ लामा हटाउ अभियान

827 Shares
Spread the love

काठमाडौं – बौद्ध बचाऔं संघर्ष समितिले चिनीयाँ लामा भुपतिबज्र लामाविरुद्ध संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।

बिहीबार बौद्ध स्तुप परिसरमा पत्रकार सम्मेलन गरी चिनियाँ लामा हटाउने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक खड्गजित लामाले बताए । समितिले एक बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ– बौद्ध महास्तुप विश्व सम्पदा सूचीमा सुचिकृत एक ऐतिहासिक धार्मिक एवं सांस्कृतिक धरोहर हो । यो अस्तित्व धरोहर तथा विश्वका बौद्ध धर्मावलम्बीहरुको आस्थाको पनि केन्द्रविन्दु हो ।

चिनियाँ लामा नियुक्त भएदेखि बौद्धलाई पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरू गर्दै आइरहेको संघर्ष समितिका प्रबक्क्ता सम्पूर्ण कुमार लामाले बताए ।

सम्मेलनमा भुपतिबज्रले स्वघोषित धर्मगुरु भनी सिंगो बौद्ध जगतको उपहास गर्दै बौद्ध धर्म संस्कृतिको अपमान गरेको बताएका छन् ।

लामा पदमा नियुक्त भएको अढाई वर्ष वितिसक्दा पनि कुनै विकासको कार्यमा अग्रसर नभएको हुँदा उनलाई चिनियाँ लामा पदमा बसिराख्ने कुनै नैतिक अधिकार नभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

लामाको बर्खास्तीको लागि “हाम्रो अस्तित्वको धरोहर बौद्ध स्तुप जोगाऔं, नक्कली गुरु रिम्पोछे भुपतिबज्र हटाऔ” अभियान थालनी गरेको सम्मेलनमा जानकारी दिए ।

संयोजक लामाका अनुसार भुपतिबज्रले २०४५ सालमै ३ वटा नागरिकता लिएको प्रमाण फेला परेको बताए । उनले भने– ३ वटै नागरिकतामा विवादास्पद रहेको छ । धर्मगुरुको अपमान गरेको आरोप समेत चिनियाँ लामालाई लगाएका छन् ।

भुपतिले विना स्वीकृति बौद्ध महास्तुपमा झिलिमिली बत्ती राख्ने जथाभावी प्वाल खोपी सम्पदामा क्षति पुर्याएको समाचार गोकर्णन्युजले यस अघि प्रसारण गरिसकेको छ ।

समितिले चरणबद्ध आन्दोलनका विवरण सार्वजनिक गरेका छन् । पहिलो दिन पत्रकार सम्मेलन गरी बिरोध सभा तथा र्‍याली गरेका थिए । यसैगरी दोस्रो दिन गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व विभागमा डेलिगेसनसहित ज्ञापन पत्र बुझाउने र ल्होछारपछि चरणबद्ध आन्दोलन गरिने घोषणा गरेका छन् ।

२२ वटा संस्थाहरू ऐक्यवद्धता भई संघर्षका अभियान अघि सारेका हुन् ।

प्रतिक्रिया