२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अनसनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलन गर्ने १७ चिकित्सक पक्राउ

1485 Shares
Spread the love

काठमाडौं, १८ माघ ।  अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकले उपचारनै बन्द गरेर आन्दोलन गर्दै आएका छन्।

आवासीय चिकित्सकहरुले शुक्रबार मध्यान्ह शिक्षण अस्पताल बाहिर डा. केसीको माग पूरा गर्न र उनको जीवन रक्षाको माग गर्दे प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनमा सहभागी १७ डाक्टरसहित केही विद्याथीृलाई समेत गिरफ्तार गरेको छ। पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लबमा लगिएको छ।

पक्राउ पर्नेहरुमा डाक्टरहरु सुमित पाण्डे, बिशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, अमिर श्रेष्ठ, आकाश शेर्पाली, आनन्द सिंह, पदम जोशी, समीर चापागाईं, विश्वराज तिम्सिना र अपूर्व आचार्य रहेका छन् ।

त्यस्तै प्रहरीले प्रदर्शनमा सहभागी केही विद्यार्थीहरुलाई पनि गिरफ्तार गरेको छ ।

प्रतिक्रिया