२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कृष्ण र रुपा आज ह्विलचेयरमा बसेर फिल्म हेरे, कलाकारले घेरे यसरी (भिडियो सहित)

1830 Shares
Spread the love

अहिले सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण ओली जव नेपाली फिल्म रणविर हेर्न फिल्म हलमा पुगे तब त्यहाँको अवस्था सम्हाली नसक्नु भयो । दुई खुट्टा र एक हात गुमाएका कृष्ण र उनकी पत्नी बिचको प्रेमका कारण अहिले यो जोडी भाइरल छ । विवाह गरेको केही दिनमा नै हात र खुट्टा गुमाएका किष्णलाई उनकी पत्नीले साथ दिइरहेकी छन् ।

रुकुमका कृष्ण ओलीलाई हेर्न बिहिबार कुमारी हलमा भिड नै लाग्यो । चलचित्र रणवीरको प्रिमियर शोमा पुगेका कैयौँ दर्शक र कलाकारहरुबाट नै कृष्ण ओली र उनकी पत्नि रुपा घेरीएका हुन्। पछिल्लो समय मिडियामा भाइरल बनेका कृष्णले रणवीर फिल्म हेरेपछि अहिलेसम्मकै दमदार फिल्म भएको प्रतिक्रिया दिए । सो अवसरमा नेपाली चलचित्र क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती रेहेको थियो।

चर्चित नायिका तथा रणवीर यूनिटका दुई सुन्दरी सुपुस्पा र सुवेक्षा निकै हट अवतारमा देखा परेका थिए । सो अवसरमा देखिएका रमाइला दृश्यहरु जुन निकै रोमाञ्चक छन्। अहिले उनका लागि देश विदेशवाट सहयोग रकम उठेको छ । सामाजिक सञ्जालमा उनका कथा सार्वजनिक भएपछि यो जोडी अहिले भाइरल भएको छ ।

उनी विहिवार फिल्म हलमा पुग्दा उनका बारेमा सामाजिक सञ्जालमा पढेका र देखेकाहरु निकै उत्सुक देखिन्थे । उनलाई हेर्न निकै ठूलो भिड जम्मा भएको थियो । त्यहाँको माहोल नै निकै बदलिएको थियो । सर्वसाधारण मात्र होइन कलाकारहरु पनि उनलाई हेर्न र भेट्न आतुर देखिन्थे । अन्य फिल्मी कलाकार भन्दा पनि बढी मिडियाका क्यामेरा उनीतिर तेर्सिएका थिए ।

प्रतिक्रिया