२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अस्पतालमै पारसले चुरोट मागेपछि…

1144 Shares
Spread the love

काठमाडौं, १८  माघ ।  पूर्वयुवराज पारस शाह सोमबार ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरिरहेका थिए । एक्कासि उनको मुटु दुःख्यो । मुटुमा असहिजो भएको बताएपछि सँगै रहेका नातेदारले उनलाई अपराह्न ४ः३० मा थापाथलीस्थित नर्भिक अस्पताल पुयाए ।

उनको ब्लक भएको दुईवटा धमनी डा. यादवदेव भट्ट नेतृत्वको टोलीले खोलेको अस्पतालले बताएको छ । पारसको अवस्था अहिले सामान्य छ, तर उनी अस्पतालमै छन् । परिवारसँग लामो समय छुट्टिएर एक्लै बस्दै आएका पारस ‘पारिवारिक माया’ को अभावमा विक्षिप्तजस्तै छन् । शुक्रबार पारसलाई भेट्न उनको स्कुले साथीहरुको एउटा टोली नर्भिक अस्पताल पुगेको थिए ।

भेट्न गएका मध्ये उनका एक साथीको भनाइमा सबैको अनुमानविपरीत पारस हंसमुख बनाएर हात उठाउँदै ‘भिआइपी’ क्याबिनको बैठक कक्षमा प्रवेश गरे । ‘हेलो गाइज’ भन्दै आफूहरु बसेको ठाउँमा पारस आएपछि उनका साथीहरु दंग परे । सञ्चार माध्यममा अस्पताल प्रशासन र पारिवारिक स्रोतका हवाला दिएर ‘पारसको अवस्था गम्भीर तर स्थिर’, ‘पारस आईसीयूमा’ जस्ता शीर्षकमा समाचार आइरहेका बेला भेट्न गएका शुभेच्छुकलाई उनी सामान्य अवस्थामा अस्पतालको शय्याबाट बाहिर आएर भेटे ।

त्यति मात्र होइन, पारसले आफ्ना सखाहरुसँग चुरोटसमेत मागे । ‘तिमीहरुसँग चुरोट छैन ?’, उनको प्रश्न थियो । हृदयघात भएर अस्पतालको आइसीयूमा राखिएका बिरामी भेट्न जाने कसैले पनि चुरोट बोक्ने कुरै भएन ।

पारस रक्सी, चुरोट र लागुपदार्थका नामी अम्मली हुन् । खानपिनमा अनुशासनमा बस्न नसकेकै कारण उनको स्वास्थ्य अवस्था जटिल छ । तेश्रोपटक हृदयघात भइसकेको छ । चिकित्सकले उनको मुटुको अवस्था ज्यादकै कमजोर रहेको बताएका छन् । तर, पनि उनलाई अस्पतालमै चुरोटको तलतलले मुर्झाएको छ ।

पानीको बोत्तलमै पिसाब फेरें
साथीहरुसँग पारस मज्जैले गफिए । पारस लामो समयदेखि मुटुको औषधि नियमित सेवन गर्दै आएका छन् । औषधिले आफूलाई अत्याधिक धेरै र छिटोछिटो पिसाब लाग्ने गरेको उनले सुनाए ।

त्यही समस्याका कारण आजित भएर औषधि छाडेकाले पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएको उनले बताए । पारसले भने– मुटुको औषधि खाएको धेरै भयो । अहिले पनि खाँदै थिएँ ।

त्यो औषधिले साह्रै धेरै पिसाब लाग्छ । एकपटक थानकोटतिरबाट आउँदै थिएँ । कलंकी आइपुगेपछि धेरै पिसाब लाग्यो । खप्नै सकिन । असह्य भएपछि गाडीको पछाडिको सिटमा गएर पानीको बोत्तलमा पिसाब गरेर फालें ।

प्रतिक्रिया