२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पूर्वमन्त्रीको नातिसँग साराको ‘अफेयर’, आपत्तिजनक तस्विर बन्यो भाइरल

958 Shares
Spread the love

एजेन्सी । छोटो समयमा नै बलिउडमा लोकप्रिय बन्न सफल सारा अली खानको एक तस्विरले अहिले बलिउड तताएको छ ।

पूर्व केन्द्रीय गृहमन्त्री सुशील कुमार शिन्देका नाति पीर पहान्डियासँग अफेयरमा रहेका बेला खिचिएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि सारा अहिले बलिउडमा चर्चाको बिषय बनेकी हुन् ।

त्यसो त उनले भर्खरै एक अन्तर्वातामा उनले पीर पहान्डियासँग अफेयरमा बसिसकेको खुलाएकी छिन् ।

तस्बिरमा उनीहरु एक अर्काको अंगालोमा बाधिएर चुम्बन गरिरहेका छन् । साराका अनुसार पीर उनको पहिलो प्रेम थियो तर उसले साराको मन तोडिदियो त्यसपछि कोहिसँगपनि प्रेमसम्बन्धमा जोडिएकी छैनन् ।

रिपोर्टको अनुसार उनको पीरसँग सन् १०१६ मा प्रेम सुरु भएको थियो । तर, एक वर्षमै सम्बन्ध टुट्यो ।

यद्यपि, साराले आफूलाई अभिनेता कार्तिक आर्यन मन पर्ने बताएकी थिइन् । आर्यन चन्की पाण्डेकी छोरी अन्नया पाण्डेसँग अफेयरमा छन् ।

बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।

गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि राम्रै व्यापार गर्न सफल भयो ।

डेब्यु फिल्ममा नै उनले गरेको अभिनयले धेरैलाई आर्कषित गर्न सफल पनि भयो । सुन्दर अभिनेत्रीको रुपमा पनि उनलाई धेरैले मन पराउँन थालेका छन् ।

प्रतिक्रिया