२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पहिलो टी ट्वान्टी : नेपाल २२ रनले पराजित

1299 Shares
Spread the love

काठमाडौं । यूएईको दुबईमा बिहीबार सम्पन्न नेपाल र युएइबीचको पहिलो टी–२० मा नेपाल २१ रनले पराजित भएको छ । नेपालका सन्दीप जोराले अर्ध सतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा १५४ रन पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनमा सिमित भयो ।

जोराले ४६ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५३ रनको बहादुरीपूर्ण ब्याटिंग गरेका थिए ।

अन्तर्राष्ट्रिय टी ट्वान्टीको डेब्युमै अर्धसतक बनाएका सन्दीपलाई अर्को इण्डबाट सहयोग हुन सकेन । बिहीबारको खेलमा नेपालको परम्परागत ओपनिंग समस्या यथावत रह्यो । कप्तान पारस खड्का र प्रदिप सिंह ऐरीले गरेका थिए।

तर, ऐरी शून्यमा आउट भएपछि नेपालले पहिलो ओभरबाटै विकेट गुमाउन शुरु गरेको थियो । त्यसपछि मैदानमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिंग सम्हाल्ने प्रयास गरे पनि मल्ल टीम स्कोर ३१ हुँदा १० बलमा ७ रन बनाएर आउट भए ।

यसपछि ब्याटिं गर्न मैदानमा उत्रेका दिपेन्द्र सिंह ऐरीको फ्ल शो टी ट्वान्टीमा पनि जारी रह्यो । पहिलो बलमै चौका प्रहार गरेका उनी दोस्रो बलमा आउट भए । यसपछि पारस पनि २५ बलमा २५ रन बनाएर आउट भएपछि नेपालको आशा मरेको थियो । यसपछि पनि नेपालको विकेट पतन रोकिएन । रोहित पौडल ८ बलमा ४ रन बनाएर आउट भए । करण केसीले पनि बिहीबार कुनै कमाल गर्न सकेनन् । उनी ४ रन बनाएर आउट भए ।

सन्दीप लामिछाने र सन्दीप जोरा नटआउट रहे । जोराले ५३ रन बनाए भने लामिछाने २ रनमा नटआउट रहे । सोमपाल कामीले १९ बलमा २७ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको यूएईले दुबइको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रनको स्कोर खडा गर्यो ।

यूएईका लागि सबैभन्दा धेरै साइमान अनवरले ५९ रन बनाए । मात्रै ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । मुहम्मद उस्मानले ३०, सिपी रिजवानले २२, मोहम्मद बुटाले २० रन बनाए । बलिङमा नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए । सोमपाल कामीले १ र अविनाश बोहराले १ विकेट लिए ।

तीन खेलको सीरिजको दोस्रो खेल शुक्रबार हुनेछ भने, तेस्रो खेल आइतबार हुनेछ । तीन खेलको सीरिजमा नेपाल ०–१ रनले पछाडी परेको छ ।

प्रतिक्रिया