1965
Shares
काठमाडौं । ५ लाख घुससहित काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो। अख्तियारका अनुसार नासु चालिसेले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका थिए।
