२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बिवाह अघि नै आमा बनिन् एकता कपुर

5440 Shares
Spread the love

बलिउड फिल्म इन्डष्ट्रीमा यस्ता धेै सेलिब्रेटी किड्स छन जो अभिनयमा रुची राख्छन् तर चर्चित नायक जितेन्द्रको एकमात्र छोरी एकता कपुर भने निर्माणमा लागिन् । फिल्म तथा चर्चित टेलिसिरियलहरु निर्माण गर्दे आईरहेकी एकता कपुर बलिउडमा सफल निर्मात्रीमध्ये पर्छन् । हालसम्म अबिवाहित रहेकी एकता कपुर बिवाह नगरी आमा बनेकीछिन् ।

बलिउड सेलिब्रेटीबीच यतिबेला सरोगेसी (भाडाको कोख) को माध्यमबाट आमा बाबु बन्ने चलनको होडबाजी नै चलेको छ । एकताले पनि सरोगेसीको माध्यमबाट सन्तान जन्माएकी हुन् । ४३ बर्षको उमेरमा पनि अबिवाहित रहेकी उनी अब एक छोरीकी आमा बनेकीछिन् । यता नातिनीको आगमन भएसंगै जितेन्द्र निकै खुसी छन् भने एकता पनि सिंगल मदर बन्न पाएकोमा दंग छिन् ।

WOW-This-is-what-Jeetendra-gifted-his-daughter-Ekta-Kapoor-

स्मरण रहोस यसअघि एकताको भनाई अर्थात नायक तुषार कपुर पनि सरोगेसीको माध्यमबाट बुवा बनिसकेका छन् जसको उमेर नै यतिबेला ३ बर्ष भईसकेका छन् । यसअघि बलिउडमा करण जौहर , सारुख खान , आमिर खान , श्रेयष तलपडे लगायतका हस्तीहरुले पनि सरोगेसीको माध्यमबाट सन्तान जन्माईसकेका छन् ।

notext

प्रतिक्रिया