२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा. केसीको आन्दोलनमा समर्थन जनाउँदै कैलालीबाट आएर आमरण अनसन

1061 Shares
Spread the love

काठमाडौं । प्रोफेसर डाक्टर गोविन्द्र केसी चिकित्सा शिक्षा विधयेकमा आफुसँग यसअघि भएका सम्झौता उल्ट्याइएको भन्दै आमरण अनसनमा बसको बुधबार २२ दिन भएको छ ।

यो बीचमा सरकारको बलबुतामा विपक्षीको विरोधका बाबजुद संसदको तल्लो सदन प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएर माथिल्लो सदन राष्ट्रियसभामा टेबल भएको छ ।

तर, यही विधेयकको विषयलाई लिएर १६ औ पटक अनसनमा रहेका डा. केसीको अनसन तोडाउन कुनै सरकारी पहल भएको छैन । उल्टै उनलाई खुइल्याउने गरि नेकपा निकटहरु सक्रिय भएका छन् ।

यसले गर्दा यो विषय थप अन्योलग्रस्त बनेको छ । सरकार र सत्तारुढ दल नेकपा निकटहरु अनसन बसिरहेका डा. केसीको विरोधमा छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत केही दलहरु र स्वतन्त्र बुद्धिजिवी, मानवअधिकारीवादीहरु डा. गोविन्द केसीसँग वार्ता हुनुपर्ने पक्षमा छन् ।

यहीबीचमा बुधबार साँझ राजधानीको शान्ति वाटिकामा दुई जना युवाहरु डा. केसीको माग पुरा गर्नुपर्ने भन्दै ७२ घण्टे आमरण अनसनमा बसेका छन् । कैलालीबाट राजधानी आएर उनीहरु आमरण अनसनमा बसेका हुन् । उनीहरुले डा. गोविन्द केसीको माग जायज भएको भन्दै माग पुरा गर्नका लागि सरकारलाई दबाब दिन आफुहरु अनसन बसेको बताएका छन् ।

कैलालीका खेम बहादुर मगर र अर्जुन कोइराला आमरण अनसन बसेका हुन् । उनीहरूले आफूहरू कुनै पनि पार्टीको सहयोग नभई युवाहरूकै समर्थनमा अनसन बसेको बताएका छन्।

७२ घण्टाभित्र डा केसीसँग वार्ताका लागि समिति गठन गर्न र अन्य मागका लागि प्रकिया अगाडि बढाउन उनीहरूले सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया