1722
Shares
संगीतकार कालिप्रसाद बाँस्कोटाको पछिल्लो गीत ‘इन्स्टाको फोटो’ बोलको गीत विवादमा परेको छ। यो गीत फ्रेन्च गीतबाट प्रभावित भएको पाइएपछि विवादमा परेको हो।
९ वर्षअघि नै युट्युबमा सार्वजनिक भएको फ्रान्सकी गायिका कार्ल ब्रुनीको गीतसँग यो गीतको मेलोडी मिलेपछि धेरैले आलोचना गरेका छन्। सार्वजनिक गीतको मेलोडी साथै गीतको शब्द पनि मिलेको पाइन्छ। हालसम्म यो गीत युट्युबमा ३८ लाखले हेरिसकेका छन्।
यतिबेला यो गीतका संगीतकार, रचनाकार तथा गायक कालिप्रसादलाई कार्यक्रमको सिलसिलामा अमेरिकामा छन्। यता गीतका मोडल तथा अभिनेता आशिफ शाहले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए। शाहकै प्रोडक्सन हाउस जी २१ डिजिटलले गीतको भिडियो उत्पादन गरेको हो।
हेरौँ दुवै गीतको भिडियो
कालिप्रसादकाे गीत
फ्रान्सकी गायिका कार्ल ब्रुनीको गीत