२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बिहीबार पनि प्रतिनिधिसभा बैठक चल्न नदिने काँग्रेसको अडान

898 Shares
फाइल फोटो
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ।

सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

उनले  सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जब्बर्जस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको पनि स्पष्ट पारे। प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए। सो विधेयकमा गम्भिर राष्ट्रिय बहसको आवश्यक्ता रहेको प्रमुख सचेतक खाँडको तर्क छ।

डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको काँग्रेसको भनाई छ। बिहीबारबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गर्नु भएको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिए।

गत माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो। त्यसप्रति नेपाली काँग्रेसको गम्भिर आपत्ति छ।

प्रतिक्रिया