२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आँचलजी कति ढाटेको ?

887 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा लोकप्रिय बनेको आँप जोडी यतिबेला छुट्टिएर काम गरिरहेका छन् । फिल्मदेखि म्युजिक भिडियोसम्म आँचल र पल शाहले निकै काम गरे । सोही कारण बिषेश आँचललाई पलसंग छुट्टिएर काम गर्नु निकै आवश्यकता थियो । सोही बमोजिम यी दुईले काम पनि गरिरहेका छन् । आँप जोडीलाई छुट्टिए पनि सुख छैन नछुट्टिए पनि सुख छैन । आँचल र पलले एकसाथ काम नगर्दा यी दुईबीच मनमुटाव पो भएको हो की भन्ने चर्चा पनि भयो तर हालै पलले आँचललाई लिएर पोस्ट गरिएको स्टाटसले यी दुईको सम्बन्ध देखाईसकेको छ ।

लामो समयदेखि यी दुईको प्रेमको चर्चाले सिने बजार रंगिएको छ तर यी दुबैले अहिलेसम्म स्वीकार भने गरेका छैनन् । तर उनीहरुबीचको सम्बन्ध कोही कसैबाट पनि लुक्न सकेको छैन । हालै नायिका आँचल शर्माले फेरी पनि पलसंग आफनो प्रेम सम्बन्ध नभएको दाबी गरेकीछिन् । उनी भन्छिन् “हामीबीच साथी बाहेकको रिलेसन नै छैन । यो त कल्पनामा पनि नसोचेको कुरा हो” । पलसंग बिवाह हुने प्रश्नमा भने आँचलले पलसंगै बिवाह हुने एक प्रतिशत पनि चान्सेस नभएको बताउँछिन् ।

आँचल र पल

आफुहरुबीच मित्रता भन्दा अरु केही नभएको बताउँने आँचल र पलबीचको सम्बन्ध भने जगजाहिर भएको कुरा नै हो । कुनै समय नायिका पुजा शर्मासंग पलको बढेको निकटताले असुरक्षित समेत गरेकी आँचलले ढाट्नु पनि कति ढाटेको हो कुन्नी ? अब हेरौँ आँचलको यो ठोकुवा भबिष्यमा कस्तो रुपमा देखिने हो ।

प्रतिक्रिया