माघ १६ -अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई मानव तस्करीको आरोप लागेपछि उनी यतिबेला बिवादमा छिन् । न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँ नामक कार्यक्रममा भिडियो कलमाफर्त अस्ट्रेलियामा बस्दै आएका वाङ्छु शेर्पाले राजदुतमाथि यस्तो आरोप लगाएका थिए । उनले राजदूत शेर्पाले लाखौँ पैसा लिएर मानव तस्करी गरेको र आफु र आफनो श्रीमतीलाई समेत फसाई जेल हालेको आरोप लगाएका थिए । उता उनीमाथि मानव तस्करीको आरोप लगोसंगै परराष्ट्र मन्त्रालयले उनीमाथि छानबिन गरेको थियो ।
छानबिन चलिरहँदा आफुलाई बचाउँन उनले शिर्षस्थ नेताहरुसंग बाक्लो भेटघाट गरेकी थिईन जसको कारण पनि सरकारले उनको बारेमा स्पष्ट निर्णय लिन सकिरहेको थिएन । उनको बारेमा निर्णय नभएपनि लक्की शेर्पा पुन अस्ट्रेलिया नै फिर्ता भएकी थिईन् । त्यसपछि फेरी उनलाई परराष्ट्र मन्त्रालयले बोलाएपछि उनी बिदावारी भएर नेपाल फर्किएकीछिन् ।
उनलाई मानव तस्करीको आरोप लागेसंगै उनलाई राजिनामा दिन भनिएको छ । बुझिए अनुसार उनी राजिनामा भन्दा अघि आफना सामानहरु लिन अस्ट्रेलिया गएकी हुन् । त्यहाँ पुगेपछि लक्की शेर्पाले राजदूतको कुनै काम नगरेको तर अनौपचारिक भेटवार्ताहरु भने भने गरेकी थिईन् । उनले अब कर्मचारीहरुसंग अस्ट्रेलिया अब नफर्किने भन्दै बिदा मागेकीछिन् ।
उनले आफुमाथि लागेको आरोपहरु खण्डन गर्दे आईरहेकीछिन् भने आफुलाई फसाउँन ठुलो चलखेल भएको समेत बताउँछिन् । सरकारले उनीसंग यस बारेमा स्पष्टीकरणसमेत मागी सकेको छ जहाँ उनले आफुमाथि लागेको आरोप निराधार भएको बताएकीछिन् । तर मानव तस्करीको आरोप लागेपछि उनलाई राजिनामा दिनु पर्ने दबाब दिईएको छ । राजदूत शेर्पा तत्कालिन नेकपा माओवादीको सिफारिसबाट राजदूतमा नियुक्त भएकी थिईन् ।