खेम भट्टचन
बिदेशको नागरिकता लिएका नेपालीहरूलाई नेपाल सरकारले गैर आवासिय नागरिकता दिइने भन्ने हल्लामा कुनै सत्यता नभएको पुष्टी भएको छ।
नेपालको प्रतिनिधी शभाको राज्य ब्यबस्था समितिले बिदेशको नागरिकता लिएका नेपालीलाई नेपाली नागरिकता दिने निर्णय पारित गर्यो भनेर अमेरिकाको एनआरएन एनसिसीले बक्तब्य नै प्रकासित गरेर स्वागत गरेको थियो।
सामाजिक सञ्जालमा यो हल्ला चलेको तीन दिनपछि यो झुटो हल्ला मात्रै भएको एनआरएन एनसिसी युएसएका उपाध्यक्ष जेदु पोखरेलले हिजो मंगलबार डिसी नेपाललाई जानकारी गराए।
हेर्नुहोस्, उपाध्यक्ष जेदु पोखरेलको प्रस बक्तब्य जस्ताको तस्तै :
महत्वपूर्ण जानकारी :
आदरणिय गैरआवासिय नेपाली साथिहरु,
गैरआवासिय नेपाली नागरिकता सम्बन्धि प्रस्ताव अहिले सम्म पनि राज्य ब्यबस्था तथा सुसासन समितिमा नै बिचाराधिन रहेको र कुनै निर्णय नभएको बारे यहॉहरुलाई जानकारिको लागी अनुरोध गर्न चाहान्छु। गैरआवासिय नेपालीको नागरिकता सम्बन्धी संशोधन प्रस्ताव बारे अझै पनि राज्य ब्यबस्था तथा सुसासन समितिमा नै छलफल भैरहेको छ। संशोधन प्रस्तावमा अहिलेसम्म कुनै निर्णय नभएकोले म आफै गैरआवासिय नेपाली संघ अमेरिकाको तर्फबाट गैरआवासिय नेपाली नागरिकता सम्वन्धी लविङ कमिटिको सदस्यको हैसियतले यहॉहरुलाई जानकारी गराउन चाहान्छु । राज्य ब्यबस्था तथा सुसासन समितिले गैरआवासिय नागरिकता सम्बन्धी संशोधन बिधेयक पेश गर्नुहुने माननीय सासदहरु सुर्य पाठक र कृष्ण भक्त पोखरेलबाट आफ्नो धारणा राख्ने काम मात्र भएको हो । त्यसपछि २७ जना राज्य ब्यबस्था तथा सुसासन समितिका माननीय सासद सदस्यहरु द्वारा आ(आफ्ना बिचारहरु राख्नुहुनेछ समितिका २७ जना सासद सदस्यहरुबाट आआफ्ना धारणा राखेपछि मात्र ब्यबस्थापिका ससदमा दफ़ावर छलफलको लागी पेश हुनेछ ।अहिले सम्म कुनै निर्णय नभएको साथै कानुनार्थ ब्यबस्थापिका संसदमा पेश नै नभएको सत्यता पुन यहॉहरुलाई जानकारिको लागी अनुरोध गर्न चाहान्छु ।आज दिनको ११ बजे देखी राज्य ब्यवस्था तथा सुसासन समितिमै छलफलको क्रम जारिरहने कार्छयक्रम छ । तसर्थ राज्य ब्यवस्था तथा सुसासन समितिमा निर्णय भैसकेको भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहान्छु।
धन्यबाद ।
जेदु पोखरेल
उपाध्यक्ष
गैरआवासिय नेपाली समन्वय समिति, अमेरिका ।
तथा सदस्य
गैरआवासिय नेपाली नागरिकता सम्वन्धी लविङ समिती ।
२९ जनवरी २०१९