२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गगन थापाले कफी खाएको फोटोलाई मदिरा बनाईदिएपछि वास्तविकता के थियो ?

797 Shares
Spread the love

प्रिय काला अरिङ्गालजनहरु,
अब म, कांग्रेसको कोही या स्वतन्त्र नागरिकहरुले तिमीहरुको बारेमा त्यती ठुलो ब्याख्या गरिरहन या तिमीहरु को हौ भनेर चिनाइरहनु पर्छ जस्तो मलाई लाग्दैन्। किनकी तिमीहरु को हौ दुनियालाई राम्रोसँग जानकारी छ, अहिले अझ प्रष्ट भएको छ।

तिमीहरु, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लाग्यो भनेर ४-४ जना नक्कली हत्यारा तयार गर्ने पार्टीका कार्यकर्ता, राष्ट्र बैङ्क र अर्थ मन्त्रालयमा नभएको तथ्याङक संसदको रोष्टममा उभिएर झुटो बताउने प्रधानमन्त्रीको कार्यकर्ता, एसएलसी फेल भएर पनि नक्कली पिएचडी देखाउने नेताको कार्यकर्ता, कोशी नदिमा पानीजहाज चल्यो भनेर डुङ्गा सयर गर्नेहरु, केरुङबाट काठमाडौ रेल छुट्यो भनेर बिदेशतिरको रेलको फोटो सेयर गर्नेहरु नै त हौ । सोझासाझा जनतालाई प्रविधीको दुरुपयोग गरि भ्रमजालमा पार्ने कुरा कोहि तिमिहरुबाटै सिकुन।

coffee सत्य/असत्य

गगन र कांग्रेसको नामले काला अरिङ्गालहरु निद्रामा पनि भुत आयो भनेर तर्सिन थालेका छन्। भ्रम फैलाएर हिजो चुनाब जितेकाहरु आज कामको नाममा ढलेको सिन्को उठाउन नसकेपछी, अब फोटो र भिडीयो फोटोसपबाट ईडीट गरेर कांग्रेसको बारेमा, गगनको बारेमा भ्रम फैलाएर कांग्रेस र गगनलाई नराम्रो देखाउन सकिन्छ कि भन्ने सपना देखेका छन्। बिचरा काला अरिङ्गालहरु, गगनको जस्तै कलरको ज्याकेट लगाएर राजालाई ढोग गरेको राजेन्द्र जोशीको फोटो हालेर गगन राजालाई ढोग गर्न गएको भनेर देखाउने, गगनले गणतन्त्र ल्याउन संघर्ष गरेको सडकको फोटो हालेर गगनले यसरी ढ्ङ्गा हान्थ्यो भन्ने, गगन बोलेको भिडीयो काटेर गगनले कांग्रेस धनीहरुको पार्टी हो भन्यो भन्ने देखी हजारौ ईडीटहरुमा अरिङ्गालहरुको राजनिती आईपुग्यो । बिचारको बहस सकिएपछी, जनतालाई काम गरेर देखाउन नसकेपछी फोटो ईडीट र भिडीयो ईडीट गरेर भ्रम फैलाउने हर्कतमा तिमीहरु आईपुग्यौ । बल्ल आफ्नो औकातमा तिमीहरु आयौ । तिमीहरुको औकात यही ईडीट सम्म हो, काम गर्न त तिमीहरु जान्दै जान्दैनौ ।

अरुको वालको राम्रा फोटा चोरेर ईडीट गर्ने तिमीहरु चोर हौ, अपराधी हौ । यो संसारमा नुनलाई गुलियो हुन्छ र चिनिलाई नुनिलो हुन्छ भनेर प्रचार गर्ने घटियाहरु कोही छन् भने नेपालका तिमिहरु जस्तै काला अरिङ्गालहरु मात्र हुन् । पार्टीका २-४ जना साथी भाई गूरु पूर्णिमाको दिन बसेर कफी पिएको फोटोलाई बियर र रक्सी पिएको बनाएर ईडीट गरेर तिमिहरुले दिन खोजेको सन्देश भन्दा पनि त्यो बनाएर बाहिर तिमिहरुको बारेमा गएको सन्देश राम्रोसँग बुझ्दा हुन्छ।

कांग्रेस र गगन थापा विरुद्ध प्रतिकार समिति बनाउन केपी र योगेशहरु लाग्दैमा न कांग्रेस सकिन्छ न गगन नै बरु कांग्रेस र गगन अझ झरिलो भएर आउनेछन्। अब तिमिहरुको काम यति मात्र बाँकी छ श्रीमतीसँग खिचेको फोटोमा श्रीमतीको टाउको हटाएर ईडीट गरेर सन्नि लियोनको फोटो जोड्ने, तिमीहरुले गर्न सक्ने यती हो, तिमीहरुसँग न त बिचार छ, न त बुद्धी छ, न त बिबेक र क्षमता छ । अनि सत्य साचो कसरी बोल्ने तिमीहरु ? यस्तो घटिया हर्कतको लागि उपयुक्त पार्टी नै नेपालको नेकपा ब्रान्ड नै हो। किन नेकपाको नामममा जोडिएका तिमिहरु यति बिघ्न तल्लोस्रतमा झर्न सक्छौ। एकपटक आफ्नो अनुहार ऐनामा हेर सायद यस्तो हर्कत गर्दा गर्दा तिमिले आफूलाई नै भुलिपो सक्यौकी? आज नेकपा यस्तै घटियाहरुका कारणले बद्नाम भएको छ। हत्यारा, बलत्कारी, भ्रष्टहरु, तस्करहरु, माफियाहरु संरक्षित हुन्छन् नेकपामा भन्ने कुराले जनमानसमा घर गरेको छ। अब पनि यस्तै हर्कत गर्नेहरुको तत्काल दिमाग चेक गर्नुपर्ने हुन्त। के हामीले मान्नु पर्ने् भएको हो नेकपा भन्ने पार्टीको कार्यकर्ताहरुमा यस किसिमको विरामी लागेकै हो? निशुल्क सल्लाह छ तत्काल नेकपाले पुरै कार्यकर्ता पङतिलाई उपचारको व्यवस्था गरोस।

नेपाली नागरिक
यदुराम सापकोटा

प्रतिक्रिया