२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतमा लागू औषध कारोबारमा नेपालीलाई जेल

1175 Shares
Spread the love

लन्डन । बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमशः ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भएपनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् ।
स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ति दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए ।

Emmanuel Bossman, 25, of Argyle Street, Reading, and Chaman Shrestha, 24, crack and heroin dealers

प्रहरीले गत जुन १७, २०१६ मा रेडिङ टाउन सेन्टर, चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाइरहेको अवस्थामा भेट्टाएको थियो ।
उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुन विपरित गत अगष्ट ६, सन् २०१६ मा वकफिल्ड पार्क, मोर्टिमर बर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्ने तयारी गरिरहंदा समातिएका थिए । प्रहरीले बरामद लागूऔषध करिब ६ हजार पाउण्ड भन्दा बढि मुल्यको भएको बताएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी स्यानोन वाकरले अदालतले जेल सजाय दिएबाट ति दुईको अपराध कति गम्भीर प्रकृतिको थियो भन्ने प्रतिबिम्बित भएको जनाउंदै थेम्स भ्याली पुलिस लागूऔषध कारोबार गर्नेलाई कानुनी कठघरामा उभ्याउन प्रतिवद्ध रहेको बताएका छन् ।
पछिल्लो समय बेलायतमा नेपालीको अपराधिक क्रियाकलाप बढ्दै गएको छ । बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्यांक लन्डनस्थित नेपाली दूतावासले केही समय अघि दिएको थियो । गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गरिदिनसक्ने यहांको कानुन छ । इकान्तिपुर

प्रतिक्रिया