२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सके चुरोट त्याग्नुस्, नसके यसो गर्नुहोस्

3030 Shares
Spread the love

एजेन्सी – चुरोट सेवन स्वास्थ्यका लागि असाध्यै हानिकार हुन्छ । तर, चुरोटमा पाईने निकोटिन सबैभन्दा बढी कूलत रसायन हो, जसलाई छोड्न गाह्रो पर्छ । सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिनले मांशपेशी र स्नायु कोष  बृद्धि हुनबाट रोक्नुको साथै स्मरण शक्तिमा अशर गर्छ ।  यसले रक्तचाप र मुटुको चाल बढाउँछ ।

प्रतिबन्ध, हानिकारक निकोटिनको अशरका बाबजुद धेरैले चुरोट छोड्न सक्दैनन् । धुमपानले शरिरमा निकोटिनको मात्रा अत्यधिक बढाउँछ । तर धुमपान त्याग्न सकिदैन र हानी कम गर्ने हो भने केही उपाय छन् ।  निम्न खानेकुराले निकोटिनको असर न्युन गरिदिन्छन् ।

पालुंगोः पालुंगोको सागमा भिटामिन बी ९ वा फोलिक एसिड हुने गर्छ । यो सागको भिटामिनले शरिरभित्रको निकोटिन फ्लस (पखालिदिन्छ वा हटाइदिन्छ) गरिदिन्छ ।

सुन्तालाः सुन्ताला सिट्रस वर्ग अन्तर्गत पर्ने महत्वपूर्ण फल हो । निकोटिनले शरिरलाई दबाब दिने र शरिरमा भिटामिन सीको मात्रा घटाइदिन्छ । प्रशस्त सुन्ताला खाँदा निकोटिनको तल–तल घट्छ ।

ब्रो काउलीः ब्रो काउलीमा उच्च मात्रामा भिटामिन सी र बी ५ पाइन्छ । शरिर भित्रको महत्वपूर्ण प्रक्रियालाई नियन्त्रण गर्न भिटामिन बीको महत्वपूर्ण भूमिका हुन्छ । शरिरमा भिटामिनको मात्रा पर्याप्त नभएमा तपाईको शरिरले अपेक्षा गरे अनुसारको प्रतिकृया जनाउँदैन । ब्रोकाउली खाँदा भिटामिन सीको पूर्ती हुन्छ र मेटाबोलिजमलाई सशक्त बनाउँछ तथा फोक्सोलाई निकोटिनले गर्ने हानीबाट  जोगाउँछ । ब्रोकाउलीमा हुने एनआरएफ २ ले फोक्सोलाई हानी हुनबाट जोगाउछ ।

अदुवाः अदुवाले निकोटिनका कारण शरिरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्छ । निकोटिनको तलतलबाट मुक्ती पाउन अदुवालाई भान्साको महत्वपूर्ण अंश बनउनुहोस् । अदुवाले रक्त नलिमा हुने विषादीलाई हटाई स्वस्थ तौल कायम राख्न सहयोग गर्छ । धुमपान त्यागेपछि शरिरभित्र जम्मा भएको निकोटिन हटाउन अदुवाले महत्वपूर्ण भूमिका खेल्छ ।

गाजरः  नियमित  धुमपान गर्ने मानिसको शरिरबाट भिटामिन सी र भिटामिन ए गुम्छ । धुमपानले रक्त प्रबाह, स्नायुको कोष र दिमागको कार्यलाई अशर गर्छ । प्रशस्त गाजरबाट पाइने भिटामिन के, सी र ए ले शारिरिक र मानसिक स्फूर्ती प्रदान गर्छ ।

क्रेनबेरीः क्रेनबेरीमा मा प्राप्त हुने एसिडले निकोटिनलाई शरिरको रक्तनलीबाट तीब्र फ्लस गरिदिन्छ । निकोटिनले ब्लड सुगरको मात्रा बृद्धि गरिदिन्छ, जुन क्यानबेरीले पनि गर्छ । तसर्थ चुरोटको सट्टा क्यानबेरी खाएर चुरोटको लत त्याग्न सकिन्छ ।

कागतीः निकोटिनसँग जुध्ने महत्वपूर्ण तत्व हो कागती । तपाईले धुमपान गरेको निकोटिन शरिरमा तीन दिन दिनसम्म रहन्छ । निकोटिनका कारण विग्रिएको छालाको कोषले रोग प्रतिरोधात्मक क्षमता घटाउछ । कागतीले छाला रोगलाई पनि निको गराउछ । साईट्रिक एसिड र भिटामिन सीले निकोटिनको अशरबिरुद्ध जुध्न सहयोग गर्छ ।

अनारः धुमपानले मुटुको चाल र रक्तचाप बढाउनुका साथै रक्त नलिमा अक्सिजनको तह घटाउछ । प्रशस्त मात्रामा अनार खाएर यसको अशर न्युन गर्न सकिन्छ ।

गहुँको अंकुरः गहुँको अंकुरमा पाइने भिटामिन इ ले रक्त प्रबाहलाई सहज बनाउछ । गंहुको अंकुरले मुटुरोगको जोखिम पनि घटाउछ । स्वास्थ्यखबरबाट

प्रतिक्रिया