२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

देवी सार्कीले भेटिन गगन थापा, पढाइदिएकोमा मख्ख

1320 Shares
Spread the love

पर्वत । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छन ।

मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भइकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन ।

पर्वतको कुश्मा नगरपालिका (३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पेन्सर गर्दै आएका छन् ।

कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएका छोरी पढाउनु अभियानका अभियान्त प्रेम विकले बताए ।

विहान र बेलुकोको खानामात्र बाबुआमाले खुवाउनु हुन्छ बाँकी सवै खर्च थापाले गर्दै आएको जानकारी विकले दिए ।

स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै थापाले गर्नु हुन्छ । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाइ ठूलो सहयोग पुगेको विकको भनाइरहेको छ ।

देवी सार्कीलाइ थापाले ं२ सम्म नै पढाउन स्पोन्सर गर्ने बताएका छन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।

प्रतिक्रिया