२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तामाङ समाज पोर्चुगलले सोनाम ल्होछारको अवसरमा साँस्कृतिक साँझ गर्दै

4285 Shares
Spread the love

आशिस तामाङ,

पोर्चुगल – तामाङ समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार मन्जुश्री संवद २८५५ फाग ल्हो अर्थात सुगुंर बर्ग को अवसरमा तामाङ समाज पोर्चुगलले ल्होछार साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ ।

फेब्रुअरी १० आइतबारका दिन जिनाजिओ क्लब आन्जुसमा आयोजना गरिएको कार्यक्रम विहान १० बजेदेखि शुरु हुने संस्थाका उपाध्यक्ष प्रदिप थिङ तामाङले जानकारी दिएका छन् ।

उपाध्यक्ष तामाङले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउन लागिएको बताए । प्रवासमै भएता पनि आफ्नो देश तथा तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्नुका साथै आफ्नो मातृभुमीलाई विदेशमै भएर पनि आफ्नो संस्कृतीको जर्गेना गर्न सकिने उदेश्य अनुरुप समाज अगाडी बढेको जानकारी दिए । उपाध्यक्ष तामाङका अनुसार कार्यक्रममा विशेष गरी तामाङ सेलो र म्हेन्दोमाया पस्किने र साथमा लाईभ डिजे सँगै विभिन्न नृत्य समेत हुने बताए । सांस्कृतिक कार्यक्रमका साथमा विभिन्न किसिमको तामाङ परिकारको मज्जा सगैं रामाईलो सांस्कृतिक साँझ बनाउने तयारीमा समाज रहेको उनको भनाई थियो ।

पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य एंव्म सभ्य बनाईदिन समाजकी अध्यक्ष सुनिता तामाङले अनुरोध गरेकी छन्।

उक्त कार्यक्रमलाई भव्य बनाउन नेपालबाट आउने कलाकारहरु बरिष्ठ संगितकार तथा गाएक चन्द्रकुमार दोङ,गायिका पूर्णिमा लामा, विरु लामा र हेम वाइवा लगायत पोर्चुगलमा रहेका स्थानिय कलकारले समेत वेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन टिकटका बुक गर्न ९२०२३१३०६, ९२०१४६९४२ र ९२०५१८६४५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । प्रवेश शुल्क १० युरो मात्र राखिएको छ ।

प्रतिक्रिया