२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कांग्रेसको माग पूरा: गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहतमा

950 Shares
Spread the love

काठमाडौं‌: सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाका नाममा रहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि सरकारले नै यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो। कांग्रेसले सरकारको उक्त निर्णयको विरुद्धमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको थियो। यसै विषयलाई लिएर कांग्रेसले माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको थियो।

प्रतिक्रिया