२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रहरी क्याम्प अगाडीको सरकारी कार्यालयमै चोरी (भिडियो सहित)

721 Shares
Spread the love

काठमाडौं, १५ माघ ।
पोखराकै सबैभन्दा फराकिलो सडक, नजिकै सशस्त प्रहरीको क्याम्प । सवारी साधानले ब्यस्त हुने सडक र छेउमै रहको प्रहरी क्याम्प अगाडि नै चोरी होला भनेर कस्ले पत्याउला ।

तपाई पत्याउनुस् या नपत्याउनुस् पोखरा महानगरपालिका ५ को कार्यालयमै चोरी भएको छ । प्रहरी क्याम्प अगाडी, फराकिलो सडकमा तिब्र गतिमा गुडिरहेका सावारी साधनलाई समेत चुनौती दिएर एक चोरले आफ्नो बहादुर प्रस्तुत गरेका छन् ।

केही दिन यता पोखरा महानगरपभित्रका केही वडा कार्यालयहरुमा चोरी भएका समाचार बाहिर आईरहको छन् । मालेपाटनमा रहेको पोखरा महानगरपालिका वडा नं ५ को कार्यालयमा गत बुधबार चोरी भएको हो ।

चोरले वडा कार्यालयबाट चार थान कम्प्युटर र एकथान ल्यापटप चोरी भएको छ । चोरको प्रकृती हेर्दा पैसा र सूचनाको लागि चोरी भएको वडा सचिव इश्वरी पोख्रेलले बताउनु भयो ।

नजिकै रहेको सशस्त्र प्रहरी गणमा चौबिसै घण्टा प्रहरी तैनाथ छन्, फराकिलो सडक रहेको मालेपाटनमा चोबिसै घण्टा जस्तो सवारी साधान गुडिरहन्छन् तर पनि गत बुधबार उक्त कार्यालयमा चोरी भयो । न्यूज अभियानबाट साभार

https://www.youtube.com/watch?v=Pd6ROJuSvPw

प्रतिक्रिया