२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पारसको स्वास्थ्य स्थिर, अवस्था गम्भिर

1453 Shares
Spread the love

माघ १५ -हृदयघातभएपछि नर्भिक अस्पतालमा उपचारत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार भएको छ । हृदयघात भएपछि उनको मुटुको शल्यक्रिया गरेको थियो । अस्पतालले शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको  जनाएको छ । स्वास्थ्यमा सामान्य सुधार आएपनि अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालको भनाई छ ।

पारसको उपचारमा डा. भट्टसहित डा. जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न छ । हिजो नै विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहार डेढ घन्टा पुजामा व्यस्त रहेका पारसलाई त्यस भन्दा अगाडीबाट नै छातीमा असहज महसुस भईरहेको थियो । उनलाई कडा हृदयघात भएको थियो । यो सहित पारसलाई तेस्रो पटक हृदयघात भएको हो ।

प्रतिक्रिया