897
Shares
काठमाडौँ , माघ १५
पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामाथि कब्जा जमाएसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC ) ले गएराति सार्वजनिक गरेको वरियतामा नेपाल पहिलो पटक स्थान बनाउन सफल भएको हो। नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।

वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । इंग्ल्याण्डको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । त्यसैगरी वरियता क्रममा भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् । यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं र यूएई १४औं स्थानमा छन् ।