२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मर्न देऊ डा केसीलाई

3267 Shares
Spread the love

डा केसी तिमी मर्नुपर्छ,

माफियालाई मेडिकल कलेज चलाउन गारो भो ,

सरकारलाई तिनको रक्षा गर्न अनि ,

गरिव निनुखाका नाममा पाएको जनमत माथि,

रगतको आहालमा बसेको सत्ताको शाख जोगाउन गारो भो !

दिनदहाडै बलात्कार गरी मारिएकि गरिवकि छोरी,

निर्मलाका अपराधी लुकाउन गारो भो ,

सत्ता र शक्तिको उन्माद संगै

पापको अजङ्गको भारी थाम्न गारो भो ।

गारो भो ! चोरलाई चौतारो अनि साधुलाइ सुली चढाउन ,

जुठा मार्सी चामलले ढाडीएका भुँडीहरु सुकाउन ,

सत्य निरुपणलाई बिस्कुन सुकाएर ,

अत्याचारी दोषीलाई जोगाउँदै ,

युद्ध पिडितका घाउमा नुन छर्न गारो भो ।

डा केसी ! तिमिले मरिदिदा सहज हुने,

संगठित ठगहरु र स्वार्थले टुक्रिएका सज्जनहरू,

मुख बन्द बुद्द्जिवी अनि अन्याय सहि बस्ने अनागरिकहरु

रातो खास्टो ओढेका काला ढाडे बिरालाहरुलाई ,

न्यायको किलकिले निमोठेर अन्यायको पट्टि बाँध्न गारो भो ।

बेचिएका न्याय अनि किनिएका जहाजहरुमा ,

जनताको स्वाभिमान अनि खुन-पसिनाको तिरोमा

कमिसन र ब्यापार धन्दा चलाउन सारो भो ,

आकासमा उडेर गरिवी र दुखका रमिता हेर्न गारो भो |

हिम्सा र युद्धका ब्यापारले जोडेका कालो धनले

कर्म र श्रम गरेर बसेका मजदुर ब्यापारी बिस्थापित् गर्दै

उद्यम व्यवसायको शाख गिराएर ,

मुलुकलाई वित्तीय अपराधको कालो सुचिमा दर्ज गर्न गारो भो ।

गारो भो अद्लतमा न्याय बेच्न ,

अख़्तियारी र प्रहरीको बिश्वास लिलाम गर्न ,

आफैले गरेको सरकारी समझौता उलंघन गर्ने

किर्ते सिलसिला थाम्नै गारो भो !

केसी तिमी मर्न पर्ने भो माफियाको खातिर ,

भ्रस्ट अनि युद्ध अपराधीहरुका नजरमा ,

न्यायको कालो झोली लिएका बिकाउ न्यायधीस

अनि बलात्कारी जोगाउन लागिपरेका बर्दिवाला सिपाहिको लागि !

खै तिमी किन मर्दैनौ , कहाँबाट आउछ तिमीमा यत्रो शक्ति ?

सायद भोका , निमुखा उपचार नापाइ मरेका आत्माहरु

निर्मम बलात्कार गरी मारिएकी निर्मला अनि ,

राजनीतिका नाममा गरिएका अपराध र कुकर्मले,

ज्यान गुमाएका अबोध र निर्दोस आत्माहारु

तिमी मार्फत न्यायको आसमा रहेका होलान ,

तिनैको आशीष र आत्माको पुकारले तिमी त अमर छौ !

त्यसो त ! देश र जनताको निमित्त तिमीले दाउमा राखेको तिम्रो प्राणका खातिर ,

सत्तीशाल बनेर लडिरहेका सत्य र निष्ठाका जिउदा सिपाहीहरु,

दियो बालेर प्रार्थना गरिरहेका बिकट गाउँघरका आमा , बुवाहरु ,

मौन ब्रत बसेका अबोध अनि बुद्धिजीवि बिज्ञहरु,

सडकमा आउने छन् तिम्रो रक्षाका लागी

तिम्रो मृत्युको मोल तौलीरहेको माफिया र भ्रस्टतन्त्रको काल बनेर ।

कदापी मर्न हुन्न , जोगाउनै पर्छ बिजन यो खडेरीमा ,

तिमीले सत्य र निष्ठाको !

लेखक : जगन कार्की

प्रतिक्रिया