२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बारामा सवारी दुर्घटनाः सशस्त्र एसपीको निधन, प्रजिअ गम्भीर घाइते

758 Shares
Spread the love

बारामा शनिबार साँझ भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोख्रेलको मृत्यु भएको छ।

घटनामा प्रमुख जिल्ला अधिकारी सहसचिव गणेश भट्टराई गम्भीर घाइते भएका छन्।

निजगढबाट बारा आउँदै गर्दा सवा आठ बजे प्रजिअ चढने ना १ झ १६६३ नम्बरको गाडी पर्सा पुल नजिक ट्रयाक्टरमा ठोकिएर दुर्घटना भएको बाराका डिएसपी रञ्जितसिंह राठौरले बताए।

प्रमुख जिल्ला अधिकारी भट्टराईकाे हेल्थ केयर बीरगञ्मा उपचार भइरहेकाे छ। उनकाे अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ।

शनिबार दिउँसाे बारामा रहेका सरकारी कार्यालय र सुरक्षाकर्मीकाे वनभाेज थियाे। दिनभर वनभाेजमा सहभागी प्रजिअ भट्टराई र एसपी पाेखरेल त्यहाँबाट सर्लाहीका लागि हिँडेका थिए। फर्कंदा दुर्घटना भएकाे हाे।

डिएसपी राठाैरले प्रजिअ भट्टराईलाई हेलिकाेप्टरबाट थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी भईरहेकाे बताए।

प्रतिक्रिया