२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अबदेखि बिदेशबाट ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै जफत हुने

996 Shares
Spread the love

माघ १३ -सरकारले बिदेशबाट ल्याईने सामानहरुमा निगरानी बढाएको छ । बिदेशबाट ल्याईएका सामानहरु तोकिएको परिणामभन्दा बढि ल्याएको पार्ईएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामानहरुमा कडाई गरिन थालिएको छ । बिषेशगरी बिदेशबाट स्वदेश फर्किएकाहरुले ल्याउँने सामानहरुमा विमानस्थलले कडाई गरेको हो । बिदेशबाट ल्याईने सामाहरुमा बिषेशगरी इलेक्ट्रोनिक्स र मदिरामा केही सहुलियत दिईएको थियो तर दुई वर्ष अघि ल्याइएको झिटीगुन्टा सम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएपछि थप कडाई भएको हो ।

विमानस्थलमा यतिबेला बिदेशबाट ल्याईने सामानहरु बढि परिमाण भएपछि जफत गरिन थालिएको हो । भन्सार विभागका महानिर्देशक तोयम रायाका अनुसार अब ल्यापटप, मोबाइल पनि सूचना अनुसार भन्दा धेरै आयात भएको भेटिए जफत हुन्छ । अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिए ।

अब कानुन भन्दा धेरै केही पनि हुँदैन, कानुन अनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गरे । उनले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए । पछिल्लो समय सो नियम लागु भएसंगै विमानस्थलमा बिषेशगरी मदिराको चाङ नै लागेको छ ।

विमानस्थलमा बिदेशीएकाले ल्याउँने सामानमा कडाई ,यस्ता छन् नियमहरु

ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दिइएको थियो। ऐनमा उल्लेख भएका कुरा थाहा नहुनेलाई यसअघि केही सामानमा छुट दिईएको थियो तर अब केही थाहा थिएन भने सुख पाईने छैन सामान जफत हुनेछ । ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ। जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन।

त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ। म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ।

यसैगरी डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ। त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री ९आइरन०, राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ। यसैगरी कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भए त्यसको प्रमाणित गरी निजका परिवारले सवारी साधनबाहेक पुराना सामानहरु ल्याउँन पाउँनेछन् ।

अबदेखि बिदेशबाट ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दिइएको थियो। ऐनमा उल्लेख भएका कुरा थाहा नहुनेलाई यसअघि केही सामानमा छुट दिईएको थियो तर अब केही थाहा थिएन भने सुख पाईने छैन सामान जफत हुनेछ । ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ। जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन।

त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ। म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ।

यसैगरी डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ। त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री ९आइरन०, राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।

यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ। यसैगरी कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भए त्यसको प्रमाणित गरी निजका परिवारले सवारी साधनबाहेक पुराना सामानहरु ल्याउँन पाउँनेछन् ।

प्रतिक्रिया