२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रदिप पौडेलद्वारा कृष्ण ओलीलाई करिब डेढ लाख सहयोग हस्तान्तरण

1261 Shares
Spread the love

काठमाडौं । करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कतारबाट उठेको आर्थिक सहयोग  हस्तान्तरण गरेका छन्।

कतारमा रोजगारी गर्दै आएका मदन पौडेलको अगुवाइमा (Neser bin khalid son and trading company megamart) कम्पनी कतारमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोली ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेका हो।

KRISHNA

रकम हस्तान्तरण कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रिय सदस्य उमेश थापा मगर, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी, लगायतका जुझारु नेताहरु सहभागी थिए।

कांग्रेस नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्दै भने, अब ओली एक्लो छैनन्। देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ। कृष्ण जी निरास नहुनुस्।

KRISHNA

हस्तान्तरण कार्यक्रममा नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले कृष्ण ओलीको जस्तो उपचारका लागि आर्थिक अभाकाका कारणले उपचारबाट बन्चित हुने समस्या समाधानका लागि सरकारले नितिगत रुपमै समाधान खोज्न जोड दिँदै कृष्णको सहयोगका लागि चालिएको सहयोग अभियान उदाहरणीय र अनुकरणीय रहेको बताए।

KRISHNA

कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरु मदन पौडेल संयोजनमा एक लाख छयालिस हजार एक सय साठी रुपैयाँ सहयोग पठाएका थिए। कृष्णकी श्रीमती रुपा ओलीको हिम्मतको प्रशंसा गर्दै उनीहरु एक आदर्श जोडिको रुपमा आफूहरुले लिएको नेताहरुले बताए।

प्रतिक्रिया