लन्डन । अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ राख्न माग गर्दै एनआरएन यूकेले बेलायतमा आएका अध्यागमन विभागका उच्च अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपालीले अध्यागमनमा थुप्रै खालका समस्या भोग्नुपरिहेको भन्दै एनआरएन यूकेले बेलायतमा भ्रमणमा आएका अध्यागमनका उच्च अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको आयोजनामा नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग भएको अन्तरक्रिर्या कार्यक्रमको अवसरमा ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपालीले अध्यागमनमा भोग्नुपरेको समस्याका विषयमा ध्यानर्कषण गराएको थियो ।
एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले ज्ञापनपत्र बुझाउँदै नेपालीले भोग्नुपरिहेको समस्या समाधानको लागि ‘एनआरएन डेस्क’ अत्यवश्यक रहेको बताउनुभयो । ज्ञापनपत्र बुझदै अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अबको आठ महिनाभित्रै सो डेस्क राख्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले एनआरएनहरुलाई परेका समस्याको बारेमा समेत आफूहरु मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव आरके त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभयो भने उपमहासचीव विनय अधिकारीले स्वागत मन्तब्य राख्नुभयो ।
कार्यक्रममा एनआरएनको तर्फबाट एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके उपाध्यक्षद्धय शेर बहादुर सुनुवार र प्रेम गाहा मगर, महासचिव आरे. के त्रिपाठी, उपमहासचिव विनय अधिकारी, आइसीसी सदस्य रामशरण सिम्खडा र कुमारी गुरुङ, एनआरएन रोड सेफटी संयोजक थर्क सेन, यूके सुल्लाहकार शिवजी श्रेष्ठ, डेविड गुरुग, कृष्ण तिमिल्सिन, कमल पौडेल र देव गुरुगंलगायतको सहभागिता थियो ।
साथमा पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी र बाचस्पति रेग्मी सहभागि थिए । कार्यक्रमम विभिन्न ब्यक्तीहरुले भोग्नुपरिरहेको र झेल्नुपरिहेको समस्याका विषयमा आआफना धारणा राखेका थिए ।
बेलायतको अध्यागमनबारे अध्ययन गर्न विभागका महानिर्देशक ईश्वरराज पौडेलसहित विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेल, निर्देशक विष्णुहरि उपाध्याय, गृह मन्त्रालयका सहसचिव चुडा न्यौपाने, वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेल, कुलशेखर अर्याल र अध्यागमन अधिकृत मञ्जु शर्मा सम्मिलित टोली बेलायतमा छ ।