माघ १२ – आज यूएईसंग दोस्रो एक दिवसीय खेलमा नेपाल बिजयी भएको छ । नेपालले यूएईलाई १४५ रनको फराकिलो अन्तर पराजित गरेको हो । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउँने क्रममा यूएई १९ ओभर ३ बलमा ९७ रन बनाएर अलआउट भएको थियो । आजको खेलमा सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङ रहेको थियो । आजको खेलमा सोमपाल कामीलेमात्र ५ विकेट लिए भने सन्दिपले चार विकेट लिन सफल भए । आजको जीतमा सोमपाल र सन्दिप चम्किएका छन् ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको हो । नेपालका लागि पौडेलले ५५ र ज्ञानेन्द्र मल्लले ४४ रनको महत्वपूर्ण योग्दान गरे । आरिफ सेखले २९, पारस खड्का र बिनोद भण्डारीले समान २१-२१ रन, करण केसीले १८ र सन्दीप लामिछानेले अभिजित १४ रन जोडे । पवन सर्राफ ८ रन र सोमपाल कामी २ रनमा आउट हुँदा ललित राजवंशी ३ रनमा अभिजित रहे।

यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १-१ को बराबरीमा ल्याएको छ । यसैगरी आजको खेलमा पालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक पुरा गरेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदी लाई समेत पछि पार्दे दुर्लभ रेकर्ड बनाएका हुन् । यूएईविरुद्ध ५४ रन बनाएसँगै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । सोमबार तेस्रो खेल हुँदैछ ।

~c