२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यी हुन् नेपालका महंगा नायकहरु ,यति लिन्छन् पारिश्रृमिक

3974 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा यतिबेला युवा पुस्ताका कलाकारहरुको आगमन बढेसंगै नेपाली फिल्म बन्ने क्रम बढेको छ । युवा पुस्ताका कलाकारहरुको आगमन बढेपछि नेपाली फिल्म हेर्ने दर्शकहरु पनि बढेका छन् बिषेशगरी हलिउड र बलिउड फिल्म हेर्ने दर्शकहरु पनि आजभोली नेपाली फिल्म हेर्न रुचाउँछन् । त्यसमा अनमोल केसी , प्रदिप खड्का , पल शाह जस्ता नायकहरुको फिल्मले त झन हलमा दर्शकहरुको लाम नै लाग्ने गरेको छ ।

उनीहरुको फिल्म जस्तो भएपनि सुरुको २/ ३ दिन त उनीकै क्रेजले दर्शक हलसम्म जान्छन् बाँकी दर्शक भने फिल्मको कथा र प्रस्तुतीले तान्ने हो । यस्ता कलाकारहरुको क्रेज देखेर नै निर्माताहरु पनि उनीहरुलाई भनेको पारिश्रृमिक दिन कत्ति हिच्किाउँदैनन् । कतिपय अवस्थामा यतिबेला पारिश्रृमिकको कुरा गर्ने हो भने हल्लाकै भरमा महंगा बनेका कलाकारहरु पनि छन । तथापी अहिलेका महंगा नायकहरुको बारेमा आउँनुस जानौँ :-

अनमोल केसी (रु ३५–४० लाख)
‘होस्टेल’ बाट मुख्य कालाकारका रुपमा फिल्म उद्योगमा डेब्यु गरेका अनमोल के.सी. पाँच वर्षे करिअरमै नेपाली फिल्म क्षेत्रकै सर्वाधिक महँगा कलाकारका रुपमा आएका छन् । अनमोलले ‘कृ’ मा त्यस ताकाको सर्वाधिक पारिश्रमिक २० लाख रुपैयाँ लिएको खबरले सनसनी मच्चाएको थियो । त्यसपछि प्रतिस्पर्धी कलाकारले पनि आफ्नो रेट बढाए । कतिपय निर्माताले भने अनमोलभन्दा मेरो कलाकार के कम भन्दै आफैँ बढाएर परिश्रमिक घोषणासमेत गरे । घोषणाअनुसार अहिले काम गरिरहेको झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोलले ३५ देखि ४० लाखसम्म पारिश्रमिक लिएका छन् ।

प्रदीप खड्का (रु २५–३० लाख)

रियालिटी शो ‘खोजी प्रतिभाको’मार्फत् अभिनयमा आएका प्रदीपले ‘इस्केप’बाट डेब्यु गरेका थिए । त्यसमा उनी खासै नोटिस भएनन् । ‘प्रेमगीत’ ले उनको उचाइ एकाएक चुल्यायो। एकातिर चकलेटी हिरोबाट आर्यन सिग्देलको क्रेज सेलाउँदै जानु र विकल्पमा प्रदीपको उदय हुनु लगभग एकै समय भयो । निर्देशक मिलन चाम्सकै फिल्म ‘लिलिबिली’ मा उनी १५ लाख रुपैयाँसहित म्यानमार, बर्मा र बैंककको प्रदर्शन अधिकार लिएर अनुबन्धित भएपछि ‘कृ’मा २० लाख रुपैयाँ लिएका अनमोलको भन्दा धेरै रकम भनेर प्रचारबाजीसमेत भएको थियो ।पछि उनले ‘रोजी’ फिल्म २५ लाखमा साइन गरे । अहिले छायाँकनमा रहेको फिल्म ‘लभ स्टेसन’मा पनि उनले मोटै रकम लिएको बताइएको छ ।

पल शाह (रु १५–२० लाख)
एक टिभीमा भिजुअल इडिटरका रूपमा काम गर्दागर्दै म्युजिक भिडियो खेल्न पुगेका पललाई पछि विकास आचार्यले ‘नाई नभन्नु ल ४’ मा खेलाए । त्यसपछि सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ बाट हाइप दिलाए । पलले त्यसपछि आफ्नो भाउ यतिसम्म बढाइदिए कि स्वयं सुदर्शनले नै निर्माण घोषणा गरिसकिएको ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा पललाई अनुबन्ध गर्न नै सकेनन् । सिक्वेलका लागि उनले १५ लाख रुपैयाँको माग गरेका थिए भन्ने सुनिन्छ । त्यसपछि पलको ‘जोनी जेन्टलम्यान’ फ्लप भयो । मल्टिस्टारर भएकैले ‘शत्रु गते’ चल्दा पनि त्यसको जश एक्लैले पाएनन् । यतिबेला पल नयाँ फिल्म ‘हृदयभरि’ खेल्ने तयारीमा छन् भने बिरबिक्रम २ मा उनी व्यस्त छन् ।  यसमा पनि उनको भाउ भने नघटेको बताइन्छ ।

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की (रु १०–१५ लाख)
यी तीनै जना कलाकार हिरो कम अभिनेता ज्यादा हुन् । र, सबैको पृष्ठभूमि रंगमञ्च हो । रंगकर्मीलाई फिल्मकर्मीहरू ‘नाटक बढी गर्छ’ भनेर होच्याउने परिपाटी दयाहाङ, सौगात र विपिनको फिल्मी पदार्पणले रोकियो । जीवन्त र यथार्थपरक अभिनय शैलीको अनुशरणले नै उनीहरूलाई ‘हिरो जोन’ भन्दा बाहिरको ठूलो दर्शक घेरामाझ लोकप्रिय बनायो ।

राम्रो कलाकार भनेर पछ्याउने यिनका फ्यानले समेत पछिल्लो समय दयाहाङ, सौगातहरू राम्रो फिल्मका लागि भन्दा राम्रो पैसाका लागि फिल्म खेल्न थालेको भन्दै आलोचना गर्न थालेका छन् । अझै पनि दयाहाङ, सौगातलाई ८ देखि १० लाख रुपैयाँमा फिल्म खेलाउन चाहने निर्माताको लामो लर्को नै छ । ‘पशुपतिप्रसाद’ र ‘जात्रा’ ले एकाएक लाइमलाइटमा ल्याएका विपिनले सौगात र दयाहाङ जस्तो बग्रेल्ती फिल्म नखेले पनि पछिल्लो ‘प्रसाद’ बाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । -नागरिकको सहयोगमा

प्रतिक्रिया