२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल चिकित्सक संघको निश्कर्ष : अबको बिकल्प सडक आन्दोलन

1643 Shares
Spread the love

डा. गोविन्द केसीसंग गरिएका संझौता बिपरित बहुमतबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको नेपाल चिकित्सक संघले दाबि गरेको छ ।

डा. केसीसंग आँफैले गरेका संझौता सरकार स्वयंले तोडेको संघको आरोप छ । कालिका मिडियासंग कुराकानी गर्दै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारमा दुई तिहाईको दम्भ प्रष्टसंग देखिएको बताउनुभयो । तोड्नु नै थियो भने अनसनरत केसीसंघ किन संझौता गरेको ? भनि प्रधानमन्त्री केपि ओली र पूर्ब सभामुख सुवास नेम्वाङलाई उहाँले प्रश्न गर्नुभयो ।

विधेयक पारित भएपछिको अवस्थावारे शनिवार बिस्तृतमा छलफल हुनेँ भन्दै अध्यक्ष डा. श्रेष्ठले अबको बिकल्प सडक आन्दोलन हुन सक्नेतर्फ संकेत गर्नुभयो । बिगतमा २०३६ र २०४६ सालमा चिकित्सकहरु सडकमा उत्रिँदा तत्कालिन शासकको हविगत के भएको थियो भन्ने ईतिहाँस हेर्न डा. श्रेष्ठले सरकारलाई सुझाव दिनुभयो । बहुमतले गरिएका गलत निर्णय समेत सहर्ष स्विकार्नुपर्छ भन्ने तर्क लोकतन्त्रमा नसुहाउने भन्दै बिरोध नरोकिने स्पष्ट पार्नुभयो ।

मूल मर्ममै प्रहार गरेर विधेयक ल्याईएको जिकिर गर्दै अध्यक्ष श्रेष्ठले सरकार नसच्चिए अब मुलुकभरी कै स्वास्थ्य संस्था ठप्प हुन सक्ने चेतावनी दिनुभयो । नेतृत्वमा बस्ने ब्यक्ति र दलले निर्णय गर्दा सैद्धान्तिक र ब्यवहारीक दुबै पक्षलाई ध्यान दिनुपर्ने उहाँको तर्क छ । यसअघि शुक्रवार कांग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको थियो ।

प्रतिक्रिया